२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानको टोकियोमा पहिलो पटक एकैदिन छ सय सङ्क्रमित

२०७७, २५ मंसिर बिहीबार १५:४०

मङ्सिर २५, टोकियो (रासस/एपी) । जापानको राजधानी टोकियोमा बिहीबार पहिलो पटक एकैदिन कोरोनाभाइरसबाट छ सयभन्दा बढी सङ्क्रमित भएका छन् । 

दैनिक सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले सबैलाई आग्रह गरेका छन् ।

टोकियोमा मात्रै ६०२ जना सङ्क्रमित भएको दिन देशभरी भने दुई हजार ८१० जना सङ्क्रमित भएका छन् । 

जापानमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कुल एक लाख ६८ हजार ५७३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ४६५ जनाको मृत्यु भएको छ । 

“अवस्था अझै सामान्य भएको छैन, बरु थप गम्भीर भएको छ, यसलाई हेलचक्रयाई नगरौँ ।” टोकियोका गभर्नर यूरीको कोइकेले भन्नुभयो । उहाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि सवैलाई आग्रह गर्नुभएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश