२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सङ्क्रमित दुई महिलाको मृत्यु

२८ मंसिर २०७७, आईतवार १५:२२

मङ्सिर २८, सुदूरपश्चिम (रासस) । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलाली जिल्लाका ५५ वर्षीया र ७५ वर्षीया महिलाको मृत्यु भएको छ ।

आजसम्म प्रदेशमा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोनाको जटिल अवस्थाका बिरामी बढ्दै जाँदा मृत्यु हुने दर पनि बढेको छ ।

मन्त्रालयको तथ्याङ्कका अनुसार गएको चार दिनमा चार जनाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका १० जनाको सघन उपचारमा र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सक्रिय सङ्क्रमित बिरामी दुई हजार ३२५ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, बझाङ, डडेलधुरा र डोटी जिल्लाका थप ६९ जना सङ्क्रमित भएको पुष्टि भएको छ । आज थपिएकासमेत गरी हालसम्म प्रदेशमा कूल सङ्क्रमित १२ हजार ३७८ पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा