२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अठ्तिस तोला सुनसहित पाँच जना पक्राउ

२०७७, २८ मंसिर आईतवार १५:३१

मङ्सिर २८, काठमाडौँ (रासस) । प्रहरीले ३८ तोला सुनसहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोक धुलिखेलका राम तामाङ, हुइबहादुर तामाङ र राजन तामाङ रहेका छन् । 

उनीहरु शनिबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ की माइली तामाङको घरबाट नगद पैसासहित अन्दाजी ३८ तोला सुनका गरगहना चोरी गरी काठमाडौँ आएका थिए । 

काभ्रे प्रहरीले हुलियासहित खोजतलासका लागि पत्राचार गरेकामा सोही हुलियाको आधारमा खोजी गर्दा महानगरीय प्रहरी वृत्त लैनचौरबाट परिचालित टोलीले ड्रागन डिस्कोबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

भागबन्डा गर्दैगर्दा उनीहरुलाई सुनसहित पक्राउ गरिएको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो । आजै उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठाइएको विष्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश