२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गा गोल्ड कपः एपीएफलाई २–१ ले हराउँदै सरस्वती सेमिफाइनलमा

१५ कार्तिक २०७२, आईतवार १२:४१

surunga news22 copyकात्तिक १५, सुरुङ्गा (सास)
सरस्वती फुटबल, काठमाण्डौंले जारी सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनमा आफ्नो
स्थान पक्का गरेको छ ।

आइतबार भएको खेलमा सरस्वती फुटबल क्लबले
एपीएफ काठमाण्डौंलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान तय गरेको हो ।

एपीएफका लागि श्याम नेपालीले एक मात्र गोल गरेका थिए भने सरस्वतीका लागि इल्भिस
पियर्स र दिपेश श्रेष्ठले गोल गरेका थिए ।

एपीएफ काठमाण्डौंको
तर्फबाट खेलको ३३ औं मिनेटमा जर्सी नम्बर १४ का खेलाडी श्याम नेपालीले गोल गरे ।

त्यस्तै, पहिलो हाफको ४० औं मिनेटमा सरस्वती फुटबल क्लब काठमाण्डौंको तर्फबाट जर्सी
नम्बर १० का अफ्रिकन खेलाडी इल्भिस पियर्सले एक गोल फर्काएका थिए ।

निक्कै प्रतिष्पर्धात्मक भएको खेलको दोस्रो हाफको ३२ औं मिनेटमा जर्सी नम्बर ८ का खेलाडी दिपेश
श्रेष्ठले गोल गर्दै टीमलाई अग्रता दिलाए ।
प्रतियोगितामा सरस्वती फुटबल क्लबका जर्सी नम्बर १० का
अफ्रिकन खेलाडी पियर्स म्यान अफ द म्याच घोषित भए ।

सोमबार चर्च
बोइज युनाइटेड, काठमाण्डौं र भुटान क्लीयरिङ्ग फुटबल क्लब, भुटान बीच प्रतिष्पर्धा हुने जनाइएको छ

प्रतियोगिता अन्तरगतको सेमिफाइनल खेल यही १७ र १८ गते हुँदैछ
भने फाइनल २० गते हुनेछ ।

प्रतियोगिताको २ लाख ५१ हजार १ सय ११
रुपैयाँ बराबरको प्रथम पुरस्कारको प्रायोजन सहारा नेपाल (साकोस), चारपानेले प्रायोजन गरेको सुरुङ्गा
जेसीज वर्ष २०१५ का अध्यक्ष त्रिलोचन चिमरियाले जानकारी दिए ।

त्यस्तै, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष
दिनेशकुमार पोखरेलले १ लाख १ हजार रुपैयाँ प्रदान गरेर खेलको सह–प्रायोजन गरेको संस्थापक अध्यक्ष
लीलाप्रसाद चिमरियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प