२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्सेमा उछाल, सात अर्बको कारोवार

२०७७, २९ मंसिर सोमबार ११:४३

मङ्सिर २९, काठमाडौँ (रासस) । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से र कारोवार रकम दुवैमा उल्लेख्य वृद्धि भएको छ । 

स्टकका अनुसार नेप्सेमा ५६.७२ अङ्कले वृद्धि भएर दुई हजार ६७.१७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.०४ ले वृद्धि भई ३८८.१६ मा पुगेको छ । कूल २०२ कम्पनीको एक करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर रु सात  अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ मूल्यमा खरिद बिक्री भएको छ । 

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसूह २१.१५ ले ओरालो लाग्दा बैंकिङ २२.१, व्यापार १६१.७६, होटल ३६.१६, विकास बैंक ५६.५२, वित्त ३.३४, निर्जीवन बीमा ३७.१४, उत्पादन १०६.०५, अन्य ६३.३९, लघुवित्त १३६.२१, जीवन बीमा १ र सामूहिक लगानी कोष ०.१५ ले वृद्धि भएको छ । 

कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७४ करोड ३९ लाख ९९ हजार ६६८ बराबरको कारोवार भयो । यस्तै पुनरबीमा कम्पनी रु ४६ करोड १५ लाख ३३ हजार ८०४, नेशनल लाइफ इन्स्योरेन्स रु ४२ करोड एक लाख ४३८, नबिल बैंक रु ३२ करोड ७९ लाख ६ हजार ८५९, शिखर इन्स्योरेन्स रु २४ करोड ८० लाख ९० हजार ९३२, एनआइसी एशिया बैंक रु २२ करोड ३५ लाख चार हजार ५२५, शिवम् सिमेन्ट रु १९ करोड ४५ लाख ४५ हजार ७७५, नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ८५ लाख १५ हजार १९४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

प्राइम लाइफ इन्स्योरेन्स १०, ग्लोबल आइएमई लघुवित्त ९.९९, नारायणी डेभपलमेन्ट बैंक ९.९८, नेपाल लाइफ इन्स्योरेन्स ९.९८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.९७, माहुली सामुदायिक लघुवित्त ९.९६, नेशनल माइक्रोफाइनान्स ९.९८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.९७, नेशनल माइक्रोफाइनान्स ९.९६, माहुली सामुदायिक लघुवित्त ९.९६ र शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए । 

यसैगरी, लिवर्टी इनर्जी ५.७९, यूनिलिभर नेपाल ४.९५, माउण्टेन हाइड्रो ३.८३, कृषि विकास बैंक ३.०८, रिडी हाइड्रोपावर २.५०, हिमालयन ऊर्जा विकास कम्पनी २.३७, रसुवागढी हाइड्रोपावर २.३३, हिमाल दोलखा हाइड्रोपावर कम्पनी २.१६ प्रतिशतले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा