मङ्सिर २९, काठमाडौँ (रासस) । काठमाडौँको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना२क ३२३ नम्बरको निसान गाडी आज बिहान अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गाडी सडकदेखि २५० मिटर तल खसेको थियो । गाडीका चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।