२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बिग्रिए सिसी क्यामरा : थपिए सुरक्षा चुनौती

२०७७, २ पुष बिहीबार ०७:१८

चन्द्रकला भण्डारी। पुस २, झापा। मेचीनगरका विभिन्न चोक, बजार र राजमार्गमा राखिएका सिसी क्यामरा बिग्रिएर काम नलाग्ने भएका छन् । पूर्वी नाका काँकडभिट्टासमेत रहेको मेचीनगरका विभिन्न ठाउँमा राखिएका सिसी क्यामेरा बिग्रिएर काम नलाग्ने भएका हुन् । सुरक्षा दृष्टिकोणले संवेदनशील मानिएका ठाउँमा राखिएका सिसी क्यामेरा मर्मत गर्ने वा नयाँ जडान गर्ने भरपर्दो प्रयास अहिलेसम्म हुनसकेको छैन । 

काँकडभिट्टा क्षेत्रमा दुई वर्षअघि स्थानीय तहसँगको साझेदारीमा २३ सिसी क्यामेरा जडान गरिएको थियो । तीमध्ये अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । 

‘हङकङ मार्केट’का रुपमा परिचित धुलाबारी बजारको हालत पनि उस्तै छ । दुई वर्षअघि नै धुलाबारी ट्राफिक प्रहरी बिटका हबल्दार योगेन्द्र थापाले आफ्नो तलब र स्थानीयवासीको स्वेच्छिक सहयोगमा मुख्यचोकमा चार सिसी क्यामेरा जडान गर्नुभएको थियो । ती क्यामेरा अहिले बिग्रिएका अवस्थामा झुण्डिरहेको छ भने बिटमा राखिएको कन्ट्रोल रुममा थोत्रो टिभी स्क्रिन मात्र रहेको छ ।

धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष रवीन बस्नेतले थोत्रिएका सिसी क्यामेरामर्मत गर्नुभन्दा नयाँ सिसी क्यामेरा जडान गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले स्थानीय सरकारसँगको साझेदारीमा नयाँ सिसी क्यामेरा किनेर जडान गर्ने योजना अघि बढाइएको बताउनुभयो । 

अन्तरराष्ट्रिय नाकाका रुपमा रहेका मेचीनगरको काँकडभिट्टा र धुलाबारीमै सिसी क्यामेराको यो हालत हुनुले सुरक्षा जस्तो संवेदनशील विषयमा नयाँ प्रविधिको प्रयोगप्रति भइरहेको चरम बेवास्तालाई झल्काएको छ ।

सिसी क्यामेराको सहायताले सीमा क्षेत्रमा हुने तस्करी, आपराधिक व्यक्तिहरुको गतिविधि र दुर्घटनामा संलग्नको पहिचान तथा नियन्त्रणमा ठूलो मद्दत पुग्छ । काँकडभिट्टा नाकाबाट सुरक्षा निकायको आँखा छलेर मानव तस्करी र लागुऔषधको ओसारपसारसमेत हुँदै आएको छ । सिसी क्यामेरा जडानपछि त्यसको सञ्चालनका लागि आवश्यक  पर्ने स्रोतको अभावमा मर्मत सम्भार हुन नसकेको हो । अर्कातिर समुदायले स्रोत जुटाएर जडान गरेका ती क्यामेराको सञ्चालनका लागि नगरपालिका र वडा कार्यालयले चासो दिएका छैनन् ।  

धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले आपराधिक गतिविधि नियन्त्रणमा सिसी क्यामेरा महत्वपूर्ण भएको हुँदा हाल समिति नै बनाएर मेचीनगर–१० को खयरडाँगीदेखि वडा नं ९ को खुट्टेडाँगीचोकसम्म ५० वटा क्यामेरा जडान गर्न रकम सङ्कलन गरिरहेको बताउनुभयो । उहाँले चोकमा बिग्रिएका सिसी क्यामेरा मर्मत गर्नुभन्दा राम्रो क्वालिटीको क्यामेरा खरिद गरेर जडान गर्नेतर्फ समिति लागिपरेको बताउनुभयो । 

समितिले रु दुई लाख, मेचीनगर नगरपालिकाले रु पाँच लाख, वडा नं १० ले रु तीन लाख र मेची चेम्बर अफ कमर्सले रु ५० हजार क्यामेरा जडानका लागि उपलब्ध गराइसकेका छन् । ‘‘यो नै पर्याप्त बजेट होइन’’, उहाँले भन्नुभयो, ‘‘५० वटा क्यामेरा खरिद र जडानका लागि रु २० लाख खर्च लाग्छ । स्थानीयवासी, व्यापारी र व्यवसायीसँग समन्वय गरेर काम गर्ने सोच छ । हामी सफल हुन्छौं ।’’

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक पोखरेलले अपराध अनुसन्धानमा सिसी क्यामेरा प्रभावकारी प्रविधि भएको हुँदा चोकचोकमा जडानका लागि सबैले तदारुकता देखाउनुपर्ने बताउनुभयो । केही दिनअघि मेचीनगरका उपप्रमुख मीना उप्रेती सवार गाडीमा आक्रमण गर्न खोज्नेलाई सो स्थानमा सिसी क्यामेरा नभएका कारण तत्काल पक्राउ गर्न नसकिएको उहाँले बताउनुभयो ।

मेचीनगरका काँकडभिट्टादेखि चारआलीसम्म राजमार्ग क्षेत्रमा र बाहुनडाँगी बजार, भृकुटीलगायत नगरका विभिन्न बजारमा सिसी क्यामेरा आवश्यक रहेको उहाँको भनाइ छ । ‘‘ क्यामेरा जडान गर्नु नै ठूलो कुरा होइन’’, उहाँले भन्नुभयो,‘‘जडानसँगै मर्मतसम्भारका लागि समेत स्रोत चाहिन्छ । त्यसको समेत जोहो हुनुपर्छ ।’’ रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट