२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

शिवसताक्षीमा नगर स्तरीय फुटबल

२०७२, १७ कार्तिक मंगलवार ०१:५६

sivasatashifootballकात्तिक १७, शिवगञ्ज (सास)
यहाँ सोमबारदेखि शिवसताक्षी नगर कप वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

शिव स्पोर्टिङ क्लब शिवसताक्षी–१ को आयोजना तथा शिवसताक्षी नगरपालिकाको
आर्थिक सहयोगमा जन आदर्श उच्च मावि शिवगञ्जको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।


प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि झापा क्षेत्र नम्बर १ का सांसद रविन
कोइरालाले गरे । उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका उपसभापति देउमान थेवे र सहायक प्रमुख
जिल्ला अधिकारी डम्बरु प्रसाद निरौलाको विशिष्ट आतिथ्यता रहेको थियो ।


उल्लेख्य दर्शकहरुको उपस्थितिमा भएको उद्घाटन कार्यक्रमका अवसरमा शिवसताक्षी नगरपालिकाका
कर्मचारी र शिवसताक्षी नगर संयन्त्रबीच मैत्रीपूर्ण फूटबल समेत खेलाइएको थियो ।

उद्घाटन खेल वडा नम्बर २ र वडा नम्बर ९ बीच भएको थियो । खेल टाइब्रेकरमार्फत वडा न ९ ले
४–२ गोलअन्तरले जितेको थियो । खेलको म्यान अफ द म्याच वडा नम्बर २ का गोल किपर सुजन मगर घोषित भए

प्रतियोगितामा नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाले
आकस्मिक प्राथमिक उपचारको व्यवस्था गरेको छ ।

शिव स्पोर्टिङ
क्लबका अध्यक्ष मनोज खुलाल कार्कीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष दिपक भेटवालले
स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन क्लवका सचिव
दिनेश श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन