2026-08-31 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कृषि विश्वविद्यालयः प्रा दत्त र प्रा डा बस्नेत डीन नियुक्त

पुस ५, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त गरिएको छ ।  गत जेठ १ गतेदेखि रिक्त  कृषि सङ्काय र पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन सङ्कायमा डीन नियुक्त गरिएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका अनुसार छनोट समितिले सिफारिस गरेका नाममध्येबाट डीन नियुक्त गरिएको हो ।  सोअनुसार कृषि सङ्कायमा प्रा जयप्रकाश दत्त र पशु विज्ञानमा प्रा डा होमबहादुर बस्नेतलाई नियुक्त गरिएको छ ।  कृषिमा प्रा डा अरविन्दकुमार श्रीवास्तव र प्रा डा अर्जुनकुमार श्रेष्ठसहित तीन जनाको नाम सिफारिस भएको थियो । त्यस्तै पशुविज्ञानमा प्रा डा सुमिला राई र प्रा डा भूमिनन्दन देवकोटासहित तीन जनाको नाम सिफारिस भएको थियो । दुवै सङ्कायमा सातसात जनाको आवेदन परेको थियो । तीमध्येबाट छनोट समितिले तीन जना सिफारिस गरेको हो । 

प्रा डा रेग्मीले सिफारिस भएका नामबाट कार्यकारी परिषद्ले डीन नियुक्त गरेको जानकारी दिनुभयो । त्यसैगरी अनुसन्धान निर्देशकमा प्रा डा अर्जुनकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ । श्रेष्ठ यसअघि सोही विश्वविद्यालयको योजना निर्देशक रहनुभएको थियो ।  अनुसन्धान निर्देशक प्रा डा नवराज देवकोटा गण्डकी प्रदेश सरकारको विश्वविद्यालयमा उपकुलपति भएपछि सो पद रिक्त रहेको थियो । 

यसैगरी विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रारमा नियुक्त गर्न आह्वान गरेअनुरुप ११ जनाको आवेदन परेको छ । रेग्मीका अनुसार तीमध्येबाट तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्ने तयारी गरिएको छ । छनोट समितिले ११ जनामध्येबाट तीन जनाको नाम उपकुलपतिलाई सिफारिस गरेको बुझिएको छ । हाल नाम सार्वजनिक गर्न रेग्मीले अस्वीकार गर्नुभयो ।  सो विश्वविद्यालयमा रजिष्ट्रार पद गत माघ १२ गतेदेखि रिक्त छ । सोका कारण विश्वविद्यालयसभासमेत हुन सकेको छैन । यता नियिुक्त चित्तबुझ्दो नभएको जनाउँदै विश्वविद्यालयको नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । सो सङ्गठनले एकलौटी रुपमा नियुक्ति गरेको जनाउँदै उपकुलपतिको राजीनामा माग गरेको छ । उपकुलपति रेग्मीले भने सबै प्रक्रिया पूरा गरेर आफूले नियुक्ति अघि बढाएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै