२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने, ट्रम्पले पनि लगाउने सम्भावना

२०७७, ६ पुष सोमबार १५:३४

 पुस ६, वासिङ्टन (रासस/एएफपी) ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउनुहुने भएको छ । 

उहाँले सोमबार टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गर्नेगरी खोप लगाउने तयारी भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

मोडर्नाले उत्पादन गरेको खोप उहाँले अमेरिका ल्याएकै दिन लगाउन लाग्नु भएको हो । अमेरिका ल्याइएको यो दोस्रो खोप हो ।

अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।  

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोभाइरसबाट सङ्क्रमित भएका तीन लाख १७ हजारभन्दा बढी मानिसको अमेरिकामा मृत्यु भएको छ ।

“मैले अरुले भन्दा अगाडि लगाउनु पर्ने चाहना राखेको त होइन, तर लगाएको देखाएर सबै अमेरिकीलाई यो सुरक्षित छ र लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि मात्रै लगाउन खोजेको हो,” उहाँले भन्नुभयो ।

अमेरिकामा उच्च सरकारी अधिकारीहरूलाई कोरोनाभाइरस विरुद्धको खोप दिने अभियान अघिल्लो हप्तादेखि चलाइएको हो । यो अभियान अमेरिकी इतिहासमै सबैभन्दा ठूलो अभियान भएको बताइएको छ ।

उपराष्ट्रपति माइक पेन्स, सभामखु नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेल लगायतले गत शुक्रबार लगाउनु भएको हो । 

उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिस र उहाँका श्रीमान्ले भने अर्को हप्ता पहिलो पटक खोप लगाउने अपेक्षा गरिएको छ ।

विशिष्ट धेरै व्यक्तिहरूले खोप लगाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लगाउनु भएको छैन । कोरोनाभाइरसबाट सङ्क्रमित भई निको भइसकेका अरु धेरैले लगाए पनि उहाँले भने अहिलेसम्म नलगाउनु भएको हो । सरकारी अधिकारी तथा चिकित्सकहरूले भने उहाँले पनि खोप लगाउनु पर्नेमा जोड दिने गरेका छन् । 

खोप र मास्कका बारेमा गलत व्याख्या गर्दै आउनु भएका राष्ट्रपति ट्रम्पले अघिल्लो महिना नै आफूले खोप नलगाउने बताउनुभएको थियो । तर उहाँले अहिले पनि यसबारेमा चिकित्सकहरूसँग परामर्श गरिरहनु भएको जनाइएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता ब्रियन मोर्गेनस्टर्नले राष्ट्रपति ट्रम्पले उपयक्त समयमा खोप लिन सक्नुहुने र त्यो समय आउन सक्ने जवाफ दिनुभएको छ । 

डोनाल्ड ट्रम्पलगायतका कोरोनाभाइरसबाट सङ्क्रमित भएका हजारौँलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइ दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश