२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होसियार ! यसरी फस्नुहोला हनी ट्र्यापमा, के हो हनी ट्र्याप ?

२०७७, १० पुष शुक्रबार ०२:४१

पुस १०, ललितपुर । नेपाली सेनाबाट अवकाशप्राप्त भोलाकुमार जर्घा मगर बुधबार दिउँसो केही कागजपत्र बोकेर महानगरीय प्रहरी परिसर ललितपुर पुगे। ‘हनी ट्र्याप’मा पारी जर्घालाई कुटपिट तथा लुट्ने समूहका एक आरोपित लालबहादुर श्रेष्ठ सँगै थिए। अपराध महाशाखा काठमाडौंको टोलीले श्रेष्ठलाई पक्राउ गरी ललितपुर पठाएको थियो।

सिन्धुली कमलामाई नगरपालिका घर भएका जर्घाले साउनमा आफूलाई एक युवतीले नाटकीय ढंगले फसाएको सुनाए। उनका अनुसार घटना साउन ८ गतेको हो। उक्त दिन भिनाजु पर्ने व्यक्ति बितेकाले दाहसंस्कारका लागि पशुपति आर्यघाट जानुप¥यो।

त्यसपछि केही सरसामान खरिद गर्न उनी आफन्तका साथ न्युरोड गए। किनमेल सकाएर रत्नपार्क पुगे। आफन्तहरू हिँडिसकेका थिए। पानी दर्किन थाल्यो। उनी एउटा चिया पसलमा ओत लागेर बसिरहेका थिए। पहेंलो कुर्ता सुरुवाल, हरिया चुरा, मेहेन्दी लगाएकी एक युवती उनी बसेको टेबलमा आइन्। निकै चिसो भएकाले ती युवतीले चिया खुवाउन प्रस्ताव गरिन्।

‘साधारण पहिरनमा थिइन्। छलकपट गर्लाजस्तो लागेन, त्यसैले मःमः खुवाएँ’, जर्र्घाले भने, ‘पानी नरोकिएपछि दुई–तीन घण्टा त्यहीं बस्यौं।’ ती युवतीले पतिले साउदी अरबबाट पठाइदिएको मोबाइल लिन रत्नपार्क आएको बताएकी जर्घाले सुनाए। पानी रोकिएपछि युवतीले आफूलाई कलंकीसम्म छाडिदिन आग्रह गरिन्। जर्घाले मोटरसाइकलमा राखेर कलंकीतिर हुइँक्याए।

त्यतिन्जेल ती युवती बारम्बार फोनमा कुरा गरिरहेकी थिइन्। कलंकी नपुग्दै उनले चोभारमा काम भएकाले त्यतै छाडिदिन भनिन्। चोभार पुगेर सँगै चिया पिए। केही न केही बहाना बनाएर रात पार्न खोजिरहिन्। भैंसेपाटीको बाटो जाऊँ भनिन्। जर्घाले मोटरसाइकल जलबिनायकतिरको बाटोतिर हुइँक्याए।

भैंसेपाटी आउँदै गर्दा मगर गाउँछेउ एक्कासि तीन जना व्यक्ति आए। साँझको ७ ः ४५ बजेको थियो। तीनै जनाले फलामको रड निकालेर जर्घालाई हान्न थाले। उनी ढलेपछि साथमा भएको पैसा, सुन, मोबाइल लुटे। जर्घाले ६ तोलाको सिक्री लगाएका थिए। महँगो र सस्तो गरी दुईवटा मोबाइल बोकेका थिए। आफूले लगाएको चस्मा र सात हजार रुपैयाँसमेत लगेको उनले सुनाए।

उनले उजुरी गर्न प्रहरीकहाँ पुग्दा त्यही महिलाले अरूलाई पनि सोही ठाउँमा सोही बहानामा लुटेको थाहा पाएको बताए। 

के हो हनी ट्र्याप ?

हनी ट्र्याप भन्नाले शारीरिक आकर्षण प्रयोग गरी कसैलाई फसाउने तरिका हो। प्राय ठूला व्यवसाय गर्ने व्यक्ति तथा उच्च ओहदामा रहेकाहरूलाई आफ्नो सौन्दर्यमा लोभ्याएर फसाउने गरेको देखिन्छ। प्रहरीले यसलाई अपराधको नयाँ शैली भन्दै आएको छ। पुरुषहरू युवतीको मायाजालमा परी विवाहको लोभमा पर्दा नराम्ररी फसेको दृष्टान्त प्रहरीमा देखिने गरेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा  नितु घलेले लेखेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश