२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनिश्चय, मृत्यु र भय झेलेको सन् २०२० विदा हुँदैछ, के २०२१ मा खुशी फर्किएला ?

२०७७, ११ पुष शनिबार १२:०६

सोमनाथ लामिछाने, पुस १२, काठमाडौं (रासस) । अंग्रेजी संवतको सन् २०२० हामीबाट विदा हुने तरखरमा छ । मृत्यु, नैराश्य र गहिरो अनिश्चिय पार गर्दै सुदूर क्षितिजमा आशाका किरणको प्रतीक्षामा विश्व छ । महाशक्ति राष्ट्र अमेरिकामा जिम्मेवार नयाँ नेतृत्वको उदय भइरहेको छ भने आज हाम्रा अघिल्तिर देखिएका तत्काल सम्बोधन गर्नुपर्ने कार्यहरुको लामो सूची छ । मानव निर्मित प्राकृतिक विपदको चक्र यथावत रहेकै छ, तर त्यो भन्दा पनि हामी मानवका कतिपय घातक एवं खतरनाक अभ्यास वा व्यवहारमाथि प्रश्न उब्जिएको छ । 

कोरोनाभाइरसको प्रसार त्यतिकै अवश्य भएको होइन । युरोपेली आयोगमा विदेश मामिलाका निर्देशक मार्क लियोनार्डको भनाईमा चमेराबाट मानवमा कोरोनाभाइरस सर्नुमा प्राकृतिक वासस्थानमाथि व्यापक शहरीकरण र विध्वंसात्मक अतिक्रमणको उपज हो भन्ने स्पष्ट भइसकेको छ । साथै यो तिब्र गतिमा फैलिनुमा बढी औद्योगिकीकरण, उन्मादपूर्ण व्यापार र समकालीन यात्रा व्यवहार पनि उत्तिकै जिम्मेवार छन् । साथै, यो संकटलाई समाधान गर्न मिलेर कार्य गर्नेतर्फ अझै पनि एकमत नदेखिनु बिडम्बना हो । तर कोरोनाभाइरसको कहर शुरु हुनुअघि नै विश्वव्यापी अस्थिरता प्रकट हुन थालिसकेको थियो । राष्ट्रवादी नेताको छबि बनाएका कैयौं नेताले विश्वका यावत समस्या समाधान गर्ने हौवा फिँजाएर मानिसलाई अझ दिग्भ्रमित बनाएका थिए ।

लियोनार्ड अगाडि भन्नुहुन्छ, “हो, यो वर्ष निकै कठिनाई पूर्ण रह्यो, तर सन् २०२१ मा खुशी हुनुपर्ने पाँच कारण छन् । पहिलो र महत्वपूर्ण कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजय । तपाइँ हामी सुतेर उठ्दा ट्वीटरमा ट्रम्पले के भने भनेर चिन्ता गर्नुपर्ने दिन गएका छन् । संयुक्तराज्य अमेरिका चाँडै नयाँ र सक्षम व्यक्तिको नेतृत्वमा जाँदैछ । युरोपमा ट्रम्पकै पदचिह्न बोकेका हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान र पोल्यान्डका उपप्रधानमन्त्री जारोस्ल केजिन्स्की लङ्गडो झैं भइसकेका छन् । सन् २०२१ मा जर्मनी र सन् २०२२ मा फ्रान्समा हुने चुनावमा अब ट्रम्पेली मनोविज्ञान कमजोर हुनेछ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूमा रहेको ट्रम्पकै जस्तो स्वभावमा परिवर्तन ल्याउन थालिसक्नु भएको छ । 

खुशी हुनुपर्ने दोस्रो कारण कोभिड–१९ विरुद्धको खोपको विकास हो । यसबाट विस्तारै विश्व व्यवस्था सामान्यीकरणतर्फ अग्रसर हुनेछ, र अन्तर्राष्ट्रिय सहयोग बढ्नेछ । फाइजर र बायोएनटेक तथा मोडर्ना लगायतका कम्पनीहरुले बनाएका खोप विश्वभर सर्वसुलभ बनाउन अन्तर्राष्ट्रिय सहायता, विश्वास र क्षमता बनाउनु जरुरी छ । 

आशाको तेस्रो कारण जलवायूका क्षेत्रमा उत्साहप्रद समाचार आउनु । यस क्षेत्रका जानकार धेरैजसो व्यक्तिहरुले जलवायु परिवर्तनले कोभिड–१९ को भन्दा ठूलो संकट निम्त्याउने बताउँदै आएका छन् । तर यस वर्ष हरितगृह ग्यास उत्सर्जनमा ७ प्रतिशतले कमी आएका कारण गरे हुने रहेछ भन्ने हामीले बुझ्न सक्छौं । स्वच्छ ऊर्जातर्फ तिब्र संक्रमणका लागि प्रविधिमा लगानी बढाउनु पर्छ भन्ने महसुस सर्वत्र भएको छ ।  

चौथो, विश्वभर नै सरकारमाथिका भरोशा बढ्न थालेका छन् । कोभिड–१९ को यस क्षणमा सार्वजनिक प्रशासनले कस्तो भूमिका निर्वाह गर्दो रहेछ भन्ने आमजनताले बुझ्न पाएका छन् । सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि धेरैले के आशा गरेका थिए भने तत्कालीन नवउदारवादी रुढीवादिताले सामाजिक लोकतन्त्र र अर्थतन्त्रमा राजनीतिक नियन्त्रण कायम हुनेछ ।

तर, त्यसको ठीक उल्टो कार्य भयो । टाट पल्टाइएका बैंकहरुमा सरकारी अनुदान दिइयो भने “धनीका लागि समाजवाद र गरिबका लागि पूँजीवाद” को मान्यता स्थापित भयो । यसैका कारण सिर्जित विवादबीच सरकारहरुले अन्ततः सार्वजनिक कल्याणका लागि बढी जिम्मेवार बनाउने प्रयत्न थाले । मुलधारका दलहरु जस्तै अमेरिकामा डेमोक्रेट पार्टीले श्रमिक र मध्यमवर्गीय मानिसलाई मद्दत गर्न थालेका थिए । 

अहिले कोरोनाभाइरसको महामारीले विश्व प्रणालीमा फेरि पुनर्विचार गर्ने परिस्थिति निर्माण हुँदैछ । अनियन्त्रित विश्वव्यापीकरणको साटो विश्वका अग्रणी शक्तिराष्ट्रहरुले सस्तो सामान, उन्नत प्रविधि जस्ता विषयलाई विशेष महत्व दिन थालेको छ ।

विश्वमा सन् २०२१ खुशी ल्याउने वर्ष त्यतिकै हुनेवाला भने छैन । लियोनार्डले भनेझैं शक्ति सम्पन्न र धनी राष्ट्रले आफूमा रहेको प्रविधि र ज्ञान तेस्रो विश्वका गरिब राष्ट्रसम्म लैजान सके त्यसले सन् २०२१ मा खुशी अवश्य ल्याउने छ । खासगरी तेस्रो विश्वका गरिब राष्ट्रको पहिलो चाहना र आवश्यकता नै कोभिड–१९ विरुद्धको खोप हो ।

यो खोपको उपलब्धता र समानुपातिक वितरण अहिले सर्वाधिक चासोको विषय बनेको छ । विकसित मुलुकमा खोप लगाउने काम शुरु भइसकेका छन्, तर अति गरिब राष्ट्रहरु ती खोप आफ्नो मुलुकमा कसरी ल्याउने भन्नेमा अझै अन्यौल र अलमलकै अवस्थामा छन् । तुलनात्मक रुपमा निकै महंगा यी खोपहरु तेस्रो विश्वलाई उपलब्ध गराउन धनी एवं शक्ति सम्पन्न राष्ट्रहरुले उदार दृष्टिकोण र आर्थिक सहयोग गर्नुको विकल्प छैन । (अन्तर्राष्ट्रिय समाचारमा आधारित)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश