२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गा गोल्ड कपः रमपम झापा–११ फाइनलमा

२०७२, १७ कार्तिक मंगलवार ११:३४

sss4कात्तिक–१७, सुरुङ्गा (सास) । झापामा जारी सुरुङ्गा गोल्ड कपको
फाइनलमा रमपम झापा–११ प्रवेश गरेको छ ।

मंगलबार सुरुङ्गास्थित
कनकाई उच्च माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रमपम झापा–११ ले सरस्वती फुटबल क्लबलाई २–१
गोल अन्तरले हराउँदै फाइलमा प्रवेश गरेको हो ।

खेलमा रमपम
झापा–११ का लागि बुद्ध चेम्जोङ्गले दुई गोल गरे भने सरस्वतीका लागि दिपेश श्रेष्ठले एक गोल गरेका थिए

प्रतियोगिताको पहिलो हाफको २८ औं मिनेटमा सरस्वतीका तर्फबाट
जर्सी नम्बर ८ का खेलाडी श्रेष्ठले आफ्नो टीमलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता दोस्रो हाफमा
टिक्न सकेन ।

निक्कै प्रतिष्पर्धात्मक बनेको खेलको दोस्रो हाफको
२१ औं मिनेटमा जर्सी नम्बर १८ खेलाडी चेम्जोङ्गले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यस लगत्तै,
२४ औं मिनेटमा पुनः उनैले गोल गर्दै झापालाई अग्रता दिलाए ।

प्रतियोगिताको पहिलो हाफमा झापाले गोल गर्ने थुप्रै उत्कृष्ट अवसर पाए पनि सरस्वतीका गोल रक्षक
विनय श्रेष्ठले बचाउ गरेका थिए ।

खेल अवधि भर सरस्वती फुटबल
क्लबका ४ र रमपम झापा–११ का १ खेलाडीलाई फिफा रेफ्री लव खत्रीले पहेँलो कार्ड देखाएका थिए ।

सरस्वतीबाट जर्सी नं. ७ का कुशल श्रेष्ठ, जर्सी नं. १४ का रमेश उराउ, जर्सी
नं. १८ का विदेशी खेलाडी दर्जिब्रिल ट्यारोरा र जर्सी नं. १० का इल्भिस पियर्सले पहेँलो कार्ड पाएका
हुन् ।

त्यस्तै, रमपम झापा–११ बाट जर्सी नम्बर २१ का खेलाडी खमिर
गिल्सन कन्दङ्वाले पहेँलो कार्ड पाएका थिए ।

प्रतियोगितामा रमपम
झापा–११ का तर्फबाट दुई गोल गर्ने खेलाडी बुद्ध चेम्जोङ्ग म्यान अफ द म्याच घोषित भए ।

मंगलबार कनकाई खेलकुद प्रतिष्ठान, झापा र चर्च बोइज युनाइटेड, काठमाण्डौं बीच
प्रतिष्पर्धा हुँदैछ ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २० गते,
शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन