२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ आएसँगै दक्षिणको टोली पनि आयो दौडँदै

२०७७, १५ पुष बुधबार ०२:२०

पुस १५, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबारदेखि राजनीतिक भेटघाटमा व्यस्त छ । र, त्यसको भोलिपल्टै दक्षिणी छिमेक भारतबाट अर्को टोली काठमाडौं उत्रिएको छ ।

चिनियाँ टोलीका नेता गुओले सबैसँग एउटा समान जिज्ञाशा राखेका थिए, ‘कसरी यो समस्या आयो ?’ शीतल निवास र बालुवाटारले खुमलटार र कोटेश्वरतिर तेस्र्याए पनि उताको भेटमा भने समस्याको उत्पत्तिका बेलिबिस्तार सबै दस्तावेज पल्टाएरै गराइएको स्रोतले बताएको छ । नेकपा अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा प्रधानमन्त्रीको आनिबानी र कम्युनिष्ट पार्टीलाई मूलभूत रूपमा कस्तो बनाउने भन्नेमा रहेको उहाँसँगको अन्तर्विरोधलाई सचित्र केलाइएको थियो ।

एभरेष्ट होटल बानेश्वरको सातौं तल्लामा घाम ताप्दै नेपालसँगको कुराकानीमा चिनियाँहरूले नेकपाको आन्तरिक समस्यामा आफूहरूले हस्तक्षेप गर्न नचाहेको पटकपटक उच्चारण गरेका थिए । उनीहरूको भनाइ थियो, ‘मिलेर जानुस् भन्नेमात्र हाम्रो चाहना हो ।

’ त्यहीबीचमा टोलीका एकजनाले सोधे, ‘मिल्ने सम्भावना कत्तिको छ होला ?’ नेपालको जवाफ थियो, ‘हाम्रा उपाध्यक्ष वामदेव गौतमले कोसिस गर्दै हुनुहुन्छ ।’ फेरि चिनियाँले सोधे, ‘उहाँसँग त्यस्तो के सूत्र छ होला मिलाउनको लागि ?’ नेपालले फ्याट्ट भन्नुभयो, ‘प्रधानमन्त्रीको दिमाग परिवर्तन गर्न कस्सिएको छु भन्नुभएको छ । हेरौं, उहाँले कति सक्नुहुन्छ †’ यसो भनिनसक्दै माधवले थप्नुभयो, ‘उहाँले जे भनेपनि मचाँहि त्यति धेरै आशावादी छैन । वामदेवले म जोडतोडका साथ लाग्छु भन्नुभएको छ । हेरौं, कति पार लाग्छ ! उहाँ धेरै आशावादी हुनुहुन्छ ।’

यसअघि मंसिरको ३० र पुस १ का निम्ति नेपालबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने टुंगो लागेको थियो । तर, विकसित घटनाक्रमले त्यो रोकिएर उत्तरको टोली आएजस्तै दक्षिणको पनि ताँती लाग्न थालेको छ ! अस्ति सोमबार एअर इण्डियाको उडानबाट आलोक रञ्जन झासहित तीन जना भारतीय अधिकारी (निधि आनन्द र विनय बहल) आएलगत्तै भेटघाट शुरु भएको छ ।

त्यहाँको बिदेश मन्त्रालयमा ‘रअ’ ले आफ्नो सम्पर्क अधिकारी खटाउने प्रचलन छ । उनी पनि त्यस्तै भूमिकाका मानिन्छन् । ०५४ को एमाले विभाजनताका काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत मनोज भारती (विशेष अतिरिक्त सचिव) मातहत इस्ट्याब्लिस्मेन्ट र गेम डिभिजन प्रमुख) अर्कातिर नेकपा नेता वामदेव गौतमले पार्टी एकता जोगाउने पहलअन्तर्गत अस्ति बहान र दिउँसो गरी दुईपटक बिष्णु पौडेल र एकचोटि हरि पराजुली अनि भाष्कर काफ्लेलाई घरमै भेट्नुभएको छ ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश