२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडी केन्द्रबिन्दु बनाई सुदूरपहाडमा भूकम्पको धक्का

२०७७, १९ पुष आईतवार १५:०९

पुस १९, बैतडी (रासस) । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । 

बेलुका ६ बजेर ४४ मिनेटमा  बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिनुभयो ।  

उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ  । भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो । भूकम्पले क्षति गरेकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।  

सुदूरपश्चिममा सेना, प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान

सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा ब्लड बैंक नभएका कारण रगतको आवश्यक परेमा स्थानीयवासीले सेना तथा प्रहरीका ब्यारेकमा धाउनुपर्ने हुन्छ । रगत आवश्यक परेका बिरामीलाई यहाँका सुरक्षाकर्मीले भनेकै समयमा रगत दान गर्ने भएका कारण अधिकांश स्थानीयवासीको सेना, प्रहरीले अकालमै ज्यान जोगाइदिने गरेका छन् । सेना तथा सशस्त्र प्रहरीले यहाँका सयौँ नागरिकलाई आफ्नो रगत दिएर ज्यान जोगाउन सफल भएका छन् ।

यसै सिलसिलामा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रगतदान गरेर ११० स्थानीयवासीको ज्यान बचाएका छन् भने सशस्त्र प्रहरीले ८५ को ज्यान जोगाएको बताइएको छ । सुदूरपश्चिम पृतना हेडक्वार्टरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७ मा पृतना मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले आफ्नो रगत दिएर यहाँका ११० स्थानीयवासीको ज्यान जोगाउन सफल भएको छ । सुदूरपश्चिम प्रदेशमा भएका स्वास्थ्य संस्थामा रगत नपाउने हुँदा यहाँका सैनिकले रगतको आवश्यकता परेका महिला तथा पुरुषलाई निःशुल्क रगतदान गरेका कारण उनीहरुको ज्यान जोगिने गरेको छ । सेनाले सुदूरपश्चिममा रक्तदान कार्यलाई निकै अग्रता दिएपछि स्थानीयवासीमा खुशी छाएको छ । कसैलाई रगत आवश्यक परे यहाँ कार्यरत सैनिकले जुनसुकै अस्पतालमा गएर भए पनि रगत दान गर्दै आएको सुदूरपश्चिम पृतना मुख्यालयले जनाएको छ ।

समयमै रगत नपाउँदा विगतका वर्षमा यहाँका अधिकांश महिला तथा पुरुषको अकालमै ज्यान जाने गरेको भए पनि पछिल्लो सयम सेना तथा सशस्त्रले भनेकै समयमा सहजै रगत दिन थालेपछि स्थानीयवासीले राहत पाउनुका साथै उनीहरुको ज्यान जोगिन थालेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका हर्कबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीलाई चाहिएको बेला रगत नपाउँदा अधिकांशले ज्यान गुमाएका थुप्रै उदाहरुण छन्, अहिले सेना र सशस्त्रले रगत दिन थालेपछि ज्यान जोगिन थालेको छ, बिरामीलाई सहज भएको छ ।”

दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा स्थानीय तहको पहलमा एक ब्लड बैंक तत्कालै स्थापना गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका पूर्व नगरउपप्रमुख प्रेमबहादुर शाहले जानकारी दिनुभयो । सेना तथा सशस्त्र प्रहरीले प्रायः यहाँका अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेल्धुरा तथा डोटीका सुत्केरी तथा विभिन्न घटनामा परी घाइते भएकालाई रगतदान गरेर ज्यान बचाएको सशस्त्र प्रहरीको दिपायलमा तैनाथ रहेको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले बताउनुभयो ।  उहाँले भन्नुभयो, “हामीले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा आवश्यक परेका बेला आफ्नो रगतदान गर्ने गरेका छौँ, हाम्रो रगतले कसैको ज्यान जोगिन्छ भने हामी जतिबेला पनि रगत दिन तयार छौँ ।”

 यहाँका सुरक्षाकर्मीले आफू मातहत रहेका सम्पूर्ण सुरक्षाकर्मीको रगत समूह पहिले नै छुट्याएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका स्थानीयवासी सेना तथा सशस्त्र प्रहरीका ब्यारेक तथा युनिटमा रगत माग्न धाउने गरेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “रगतको अभावमा बिरामीको ज्यान नै खतरामा परिसकेको हुन्छ, नयाँ मान्छे बोलाएर रगत समूह पत्ता लगाउँदासम्म ढिलो भइहाल्छ, सेनाले पहिले नै रगत समूह छुट्याएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौँ र सहजै रगत पाइन्छ ।” यहाँका पहाडी जिल्लामा रगत अभावका कारण कयौँ स्थानीयवासीको अकालमै ज्यान गइसकेको छ ।

जिल्लामा रहेका स्थानीयवासीमा रगत दान गर्नुपर्छ भन्ने बानीको विकास भइनसकेकाले जिल्लामा रगत सहजै पाउन समस्या हुने गरेको चोपडा अस्पताल दिपायल पिपल्लाका निर्देशक हिक्मतसिंह चोपडाले बताउनुभयो । उहाँले भन्नुभयो, “रगतदान गर्दा कमजोर भइन्छ भन्ने अन्धविश्वासले यहाँका स्थानीयवासी रगतदान गर्न अघि सर्दैनन्, रगत नपाउँदा बिरामीको ज्यान नै खतरामा पर्ने गर्छ, रगतदान गर्दा कुनै असर हँुदैन, रगतदान गर्ने बानीको विकास गर्नु जरुरी भएको छ ।” जिल्लामा रगत सङ्कलन गर्नका लागि नेपाल रेडक्रस सोसाइटीले खोलेको ब्लड बैंकमा रगत नपाउँदा वर्षौँदेखि बन्द अवस्थामा रहेको छ । त्यस्तै यहाँको निजी क्षेत्रको अस्पातल शैलेश्वरीले पनि रगत सङ्कलन गर्न अभियानको शुरुआत गरे पनि रगतदान गर्ने व्यक्ति नपाउँदा बन्द अवस्थामा रहेको अस्पतालका चिकित्सक बताउँछन् । रगतदान गर्नुपर्छ, आफूले दिएको रगतले कुनै एक व्यक्तिको ज्यान जोगिन सक्छ भन्ने बानीको विकास नभएसम्म जिल्लामा रगतदान गर्ने पाउन मुस्किल पर्ने शैलेश्वरी अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ