२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी प्रदेशमा फागुनमा पर्वतीय खेलकूद महोत्सव हुने

२१ पुष २०७७, मंगलवार ०२:५०

पुस २१, कास्की (रासस) । गण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखि पर्वतीय खेलकूद महोत्सव आयोजना हुने भएको छ । माउन्टेन स्पोर्टस् फेडेरेशनको आयोजनामा परम्परागत तथा साहसिक पर्वतीय खेलकूदको माध्यमद्वारा दिगो पर्यटनको प्रवद्र्धनको लक्ष्यसहित आठौँ संस्करणको पर्वतीय खेलकूद महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा परम्परागत आर्चरी, ठेलो, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट बोर्डिङलगायतका १५ खेल समावेश गरिएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसमेत रहनुभएका महोत्सवका संयोजक सुवर्ण श्रेष्ठले सोमबार पोखरामा आयोजित कार्यक्रममा बताउनुभयो ।

चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा ट्राइयाथलन र रिङ रेस्लिङमा अन्तर्राष्ट्रिय खेलाडीसमेत सहभागी हुने उहाँले जानकारी दिनुभयो । रिङ रेस्लिङमा जापान, मलेशिया, सिङ्गापुर, भारत, अमेरिकालगायत देशबाट खेलाडीले प्रतिस्पर्धा गर्ने र ट्राइयाथलनमा एशियाली मुलुकका खेलाडी सहभागी हुनेछन् । महोत्सवमा एक हजार ५०० हाराहारीमा खेलाडी तथा ५०० अफिसियलको सहभागिता रहने दाबी आयोजकको छ ।

गण्डकी प्रदेशको राजधानी शहर पोखरासहित मुस्ताङ, बागलुङ, तनहुँ, स्याङ्जा र लमजुङमा महोत्सवअन्तर्गतका खेल सञ्चालनका लागि प्रस्ताव गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाललाई माउन्टेन स्पोर्ट्स हवको रूपमा स्थापित गर्ने उद्देश्यसहित महोत्सव गर्न लागेका हौँ । गण्डकी प्रदेशमा यसको सफल आयोजनाले यस क्षेत्रमा कोभिड–१९ ले तहसनहस बनाएको पर्यटनलाई अघि बढाउन थप सहयोग पुग्ने र पर्वतीय खेलकूद विकासमा मद्दत पुग्छ भन्ने विश्वास छ ।”

महासङ्घका प्रदेश संयोजकसमेत रहनुभएका गण्डकी प्रदेशसभाका सदस्य इन्द्रधारा विष्टले ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ गण्डकी प्रदेशमा आयोजना गर्न प्रदेश सरकारसमेत निकै उत्साहित भएको बताउँदै पर्वतीय खेलकूदमा अग्रणी गण्डकी प्रदेशलाई महोत्सवले विश्वसामु थप चिनाउने विश्वास व्यक्त गर्नुभयो । महोत्सवका लागि सम्बन्धित खेल सङ्घका प्रतिनिधि सम्मिलित १७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

महोत्सव सम्पन्न गर्न रु एक करोड ८८ लाख खर्च हुने अनुमान रहेको र राष्ट्रिय खेलकूद परिषद, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र प्रायोजक संस्थाबाट सहयोग प्राप्त हने विश्वास लिइएको राखेपका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिनुभयो । राखेपका सदस्य गोविन्द भट्टराईले पर्यटकको राजधानी गण्डकी प्रदेशमा आयोजना हुने महोत्सवले कोरोनाका कारण एक वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनःजागरण ल्याउन र खेल पर्यटनको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

यसअघि गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद तोकिएको मितिमा नभएको अवस्थामा पर्वतीय खेलकूद महोत्सव आयोजनाबाट राष्ट्रिय खेलकूदका लागि आधार बन्न सक्ने विश्वास आयोजकको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो