२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गा गोल्ड कपः फाइनलमा झापा–११ र चर्च बोइज भिड्ने

१८ कार्तिक २०७२, बुधबार ११:१८

ss 01कात्तिक–१८, सुरुङ्गा (सास) । झापामा जारी सुरुङ्गा गोल्ड
कप–२०७२ को फाइनलमा चर्च बोइज युनाइटेड, काठमाण्डौं र रमपम झापा–११ बीच भिडन्त हुने भएको छ ।


बुधबार भएको सेमिफाइनल अन्तरगतको अन्तिम खेलमा चर्च बोइजले घरेलु टोली
कनकाई खेलकुद प्रतिष्ठानलाई ३–० गोल अन्तरले हराएपछि झापा र चर्च बोइज बीच शुक्रबार हुने फाइनल खेलमा
प्रतिष्पर्धा हुने भएको हो ।

यस अघि भएको सेमिफाइनल खेलबाट रमपम
झापा–११ फाइनलमा प्रवेश गरिसकेको थियो ।

बुधबारको खेलबाट चर्च
बोइजलाई अन्तिम दुईमा प्रवेश गराउन हेमन्त थापा मगर, विदेशी खेलाडी मार्टियर र सुमन लामाले गोल गरेका
थिए ।

खेल शुरु भएको २७ औं मिनेटमा जर्सी नम्बर ८ का खेलाडी
हेमन्त थापा मगरले पहिलो गोल गरेका हुन् । त्यसको ७ मिनेट पछि जर्सी नम्बर १३ का विदेशी खेलाडी
मार्टियरले पुनः एक गोल थप्दै अग्रतालाई दोब्बर बनाए ।

त्यस्तै,
दोस्रो हाफको २५ औं मिनेटमा जर्सी नम्बर ९ का खेलाडी सुमन लामाले गोल गर्दै आफ्नो टीमलाई ३–० को
अग्रतामा पु¥याएका थिए ।

खेल अवधि भर कासा, झापाको टोली
आक्रमक देखिए पनि गोल गर्न सकेनन् । खेल शुरुआत्को पहिलो मिनेटमै चर्च बोइजका जर्सी नम्बर १४ का खेलाडी
निरज बस्नेतले पहेँलो कार्ड पाएका थिए ।

प्रतियोगितामा चर्च बोइज
युनाइटेड काठमाण्डौंका जर्सी नम्बर ९ खेलाडी सुमन लामा म्यान अफ द म्याच घोषित भए ।


मेची अञ्चलकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेता टीमलाई २
लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र उपविजेता टिमले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ,
ट्रफी र प्रमाणपत्र दिइने सुरुङ्गा जेसीजका सञ्चार संयोजक मनोज बस्नेतले बताए ।

शुक्रबार हुने फाइनल खेलमा टिकट दर १ सय राखिएको र कार्यक्रम १ बजेबाट शुरु हुने
सुरुङ्गा जेसीजका स्वास्थ्य संयोजक भीम भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…