२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गा गोल्ड कपः फाइनलमा झापा–११ र चर्च बोइज भिड्ने

२०७२, १८ कार्तिक बुधबार ११:१८

ss 01कात्तिक–१८, सुरुङ्गा (सास) । झापामा जारी सुरुङ्गा गोल्ड
कप–२०७२ को फाइनलमा चर्च बोइज युनाइटेड, काठमाण्डौं र रमपम झापा–११ बीच भिडन्त हुने भएको छ ।


बुधबार भएको सेमिफाइनल अन्तरगतको अन्तिम खेलमा चर्च बोइजले घरेलु टोली
कनकाई खेलकुद प्रतिष्ठानलाई ३–० गोल अन्तरले हराएपछि झापा र चर्च बोइज बीच शुक्रबार हुने फाइनल खेलमा
प्रतिष्पर्धा हुने भएको हो ।

यस अघि भएको सेमिफाइनल खेलबाट रमपम
झापा–११ फाइनलमा प्रवेश गरिसकेको थियो ।

बुधबारको खेलबाट चर्च
बोइजलाई अन्तिम दुईमा प्रवेश गराउन हेमन्त थापा मगर, विदेशी खेलाडी मार्टियर र सुमन लामाले गोल गरेका
थिए ।

खेल शुरु भएको २७ औं मिनेटमा जर्सी नम्बर ८ का खेलाडी
हेमन्त थापा मगरले पहिलो गोल गरेका हुन् । त्यसको ७ मिनेट पछि जर्सी नम्बर १३ का विदेशी खेलाडी
मार्टियरले पुनः एक गोल थप्दै अग्रतालाई दोब्बर बनाए ।

त्यस्तै,
दोस्रो हाफको २५ औं मिनेटमा जर्सी नम्बर ९ का खेलाडी सुमन लामाले गोल गर्दै आफ्नो टीमलाई ३–० को
अग्रतामा पु¥याएका थिए ।

खेल अवधि भर कासा, झापाको टोली
आक्रमक देखिए पनि गोल गर्न सकेनन् । खेल शुरुआत्को पहिलो मिनेटमै चर्च बोइजका जर्सी नम्बर १४ का खेलाडी
निरज बस्नेतले पहेँलो कार्ड पाएका थिए ।

प्रतियोगितामा चर्च बोइज
युनाइटेड काठमाण्डौंका जर्सी नम्बर ९ खेलाडी सुमन लामा म्यान अफ द म्याच घोषित भए ।


मेची अञ्चलकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेता टीमलाई २
लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र उपविजेता टिमले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ,
ट्रफी र प्रमाणपत्र दिइने सुरुङ्गा जेसीजका सञ्चार संयोजक मनोज बस्नेतले बताए ।

शुक्रबार हुने फाइनल खेलमा टिकट दर १ सय राखिएको र कार्यक्रम १ बजेबाट शुरु हुने
सुरुङ्गा जेसीजका स्वास्थ्य संयोजक भीम भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन