२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वायु प्रदूषण नियन्त्रणमा जोड

२०७७, २२ पुष बुधबार १५:५७

पुस २२, काठमाडौँ (रासस) । कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि खतरनाक रहेको छ । गणेशमानसिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौँ उपत्यकाको स्थिति भयावह हुने बताए । 

कार्यक्रममा सहभागी श्वासप्रश्वास्सम्बन्धी रोगका विज्ञ डा अषेश ढुङ्गानाले उपत्यकामा बर्सेनी वायु प्रदूषण बढ्दै गएको बताउनभयो । वायु प्रदूषणका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुका रोगीको सङ्ख्या बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो । 

काठमाडौँमा दिनहुँ सवारीसाधन थपिँदै गएका, कलकारखाना सञ्चालन हुनेक्रम बढ्दै गएको, विकास निर्माणले गति लिँदा वायु प्रदूषण बढ्दै गएको छ । समयमै वायु प्रदूषण कम गर्न सरकारले कदम चाल्नुपर्नेमा डा ढुङ्गानाले जोड दिनुभयो । वायु प्रदूषण कम गर्न तथा हुन नदिन नेपालले समयसमयमा विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गर्दै आएको स्मरण गर्दै उहाँले कार्यान्वयनको पाटो निकै कमजोर रहेको उल्लेख गर्नुभयो । 

धुम्रपानका कारण मात्र फोक्सोको रोग लाग्ने जानकारी मात्र राख्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले पछिल्लो समय वायु प्रदूषणका कारण बढीजसो फोक्सोको रोग लाग्ने गरेको बताउनुभयो । वायु प्रदूषणकै कारण मुटुका रोगीको सङ्ख्या बढ्दै गएको र यसकै कारण पछिल्लो समय हृदयघातबाट ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भइरहेको डा ढुङ्गानाले जानकारी दिनुभयो । 

नेपालमा बर्सेनी वायु प्रदूषणका कारण ४० हजार व्यक्तिले ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो । शहरलाई हरियाली बनाउनुपर्ने, फोहर बिसर्जन उचित ढङ्गले गर्नुपर्ने, दाउराको प्रयोग घटाउनुपर्ने, इन्धनबाट चल्ने सवारीसाधनको सङ्ख्या घटाउनुपर्नेलगायत कुरामा उहाँले जोड दिनुभयो । 

वातावरण विज्ञ भूषण तुलाधरले डेढ दशकअघि भक्तपुर र ललितपुरका बासिन्दाले इँटाभट्टा बन्द गर्नुपर्ने मागसहित गरेको अन्दोलन जस्तै फेरी वायु प्रदूषण कम गर्न सचेत हुनुपर्ने बताउनुभयो । सरकार र नागरिक मिलेर अभियान सञ्चालन गर्नसके वायु प्रदूषण घट्दै जाने उहाँको भनाइ थियो । इँटाभट्टा बन्द भएपछि भक्तपुरमा वायु प्रदूषणमा डेढ दशकअघि २४ प्रतिशतले सुधार आएको तुलाधरणले स्मरण गर्नुभयो । वायु प्रदूषण कम गर्नका लागि काठमाडौँ उपत्यकाका जनता जाग्नुपर्ने बेला आएको तुलाधरले उल्लेख गर्नुभयो ।

तुवाँलो लाग्दा वायु प्रदूषण बढी तथा घाम लाग्दा कम हुने भ्रममा अधिकांश रहेको उल्लेख गर्दै उहाँले उपत्यकामा जुनसुकै बेला पनि वायु प्रदूषण बढ्दै गएको उहाँको भनाइ थियो । उपत्यकामा २० बर्से सवारी साधनको विकल्प खोज्न उहाँले सरकारसँग माग गर्नुभयो । सबैभन्दा बढी यातायातका साधनका कारण वायु प्रदुषण बढेको तुलाधरको भनाइ थियो । सडकमा पैदल हिँड्ने सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्दै उहाँले न्यून आम्दानी भएका, वृद्धवृद्धा र बालबालिकाको ज्यान वायु प्रदूषणका कारण खतरामा परेको बताउनुभयो । पूर्वप्रशासक डा सुधा शर्माले प्रदूषण कम गर्न सन्धिमा मात्र ध्यान दिएको तर त्यसको कार्यान्वयनतर्फ चासो नदिँदा वायु प्रदूषण अब सबैभन्दा बढी खतरनाक बन्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । 

देशभरका स्वास्थ्य संस्थामा नै बढीजसो फोहर पदार्थ रहेको र त्यसको उचित ढङ्गले बिर्सजन गर्न नसक्दा जोखिम बढेको उहाँको भनाइ थियो । अन्य क्षेत्रमा जस्तै वायु प्रदूषणबाट पनि महिला बढी प्रभावित भएको शर्माले बताउनुभयो । दाउरा प्रयोग गर्दा भान्साबाटै बढी वायु प्रदूषण हुने भएको र महिला चुलोचौकोमै सीमित रहँदा धुवाँबाट बढी आर्जित भएको उहाँको भनाइ थियो । शहरीकरणले तीव्रता पाएपछि वायु प्रदूषण झन धेरै बढेको उहाँले उल्लेख गर्नुभयो । 

प्रतिष्ठानका अध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि ठूलो समस्या भएको बताउनुभयो । यति ठूलो समस्याबारे सरकार मौन रहन नहुने उहाँको भनाइ थियो । मानवलाई केन्द्रमा राखेर मात्र हरेक गतिविधि अगाडि बढाउनुपर्नेमा जोशीले जोड दिनुभयो । वायु प्रदूषणबारे समयमै सबै सचेत नभए आपतकालीन अवस्था आइलाग्ने उहाँले उल्लेख गर्नुभयो ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश