२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा बाढी : छ जनाको मृत्यु, ५० हजार विस्थापित

२०७७, २४ पुष शुक्रबार १५:४२

पुस २४, मेन्ताकाब (रासस/एएफपी) । मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा छ जनाको मृत्यु भएको छ । 

देशको पूर्वीतटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

बर्षापछि तटीय क्षेत्रमा पानी भरिएर मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । उनीहरुले आधा शतब्दीकै सवैभन्दा खराब बाढी आएको पनि बताएका छन् ।  

घटनास्थलमा पिडितहरूलाई उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरु परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।

बाढी गएको क्षेत्रमा लगातार बाक्लो बर्षा भएको थियो । बर्षापछिको बाढीले बस्ती डुवानमा परेपछि ४७ हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी प्रारम्भिक तथ्याङ्का छ । 

“बाढीका कारण मैले मेरो सबै जायजेथा गुमाएको छु, बाढीले मेरो घरको छानो समेत डुवाएको छ,” कारखानामा काम गर्ने ५९ बर्षिय मजदुर तान कोङ लेङले भन्नुभयो । घटनाका बारेमा बताइरहँदा उहाँले आखाँबाट आशु झारिरहनु भएको थियो । 

घटना भएको क्षेत्रमा हरेक बर्ष बढी बर्षा भएको बेला बाढीले दुःख दिने गरेको छ । बाढीका कारण मानवीय तथा भौतिक क्षति पनि हुने गरेको स्थानीयले बताएका छन् । 

बाढीका कारण मुख्य राजमार्गसहित धेरै सडक सञ्जालमा क्षति भएकाले यातायात सेवा पनि प्रभावित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश