२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटका एकसहित मोटरसाइकल चोरी गर्ने गिरोहका तीन जना पक्राउ

२०७७, २७ पुष सोमबार १५:४०

 पुस २७, भक्तपुर (रासस) । मोटरसाइकल चोरीमा पटकपटक संलग्न हुँदै आएका गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग सिरुटारको टोलीले दुईवटा चोरीको मोटरसाइकलसहित नुवाकोट स्थायी घर भएका २९ वर्षीय सुनिल तामाङ, वीरगञ्ज स्थायी घर भएका २० वर्षीय पप्पु पटेल र धादिङ स्थायी घर भएका २५ वर्षीय राजन लामालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

प्रहरीले राजन लामाले चलाउँदै आएको बा.९५प. ६४०५ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेपछि थप अनुसन्धानका क्रममा अर्को चोरीको मोटरसाइकल सूर्यविनायक नगरपालिका–१ बिरुवामा सञ्चालित बिन्ध्यबासिनी बर्कसपबाट बा.७२प. ७९४९ नंको मोटरसाइकल बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा व्यावसायिकरुपमा पटकपटक मोटरसाइकल चोरी तथा किनबेच गर्दै आएको गिरोह रहेको खुलासा भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश