२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गा गोल्ड कपः उपाधि चर्च ब्वाइजलाई

२० कार्तिक २०७२, शुक्रबार ११:२०

kanakai gameगौरव पोखरेल
कात्तिक २०,
सुरुङ्गा ।
मेची अञ्चलकै सर्वाधिक पुरस्कार राशी भएको फुटबल प्रतियोगिता सुरुङ्गा गोल्ड
कप–२०७२ को उपाधि चर्च ब्वाइज युनाइटेड, काठमाण्डौंले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा चर्च ब्वाइजले राष्ट्रिय लिग फुटबलको चौथो टोली रमपम झापा–११ लाई
१–० गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।

उपाधि
जितेसँगै चर्च ब्वाइजले नगद २ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, उपविजेता झापा–११ ले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउनु परेको
छ ।

चर्च ब्वोइजलाई उपाधि दिलाउन सुमन लामाले गोल गरेका थिए ।
दोस्रो हाफको २७ औं मिनेटमा जर्सी नम्बर १७ का खेलाडी लामाले गरेको गोल नै निर्णायक बनेको थियो । खेल
अवधि भर झापाको टोली निक्कै आक्रमक देखिए पनि गोल गर्न भने सकेन ।

फाइनल खेलमा रमपम झापा–११ का खेलाडी विशाल राई म्यान अफ दी म्याच घोषित भए । त्यस्तै,
प्रतियोगिताको म्यान अफ दी सिरिज चर्च ब्वाइज युनाइटेडका खेलाडी सुमन लामा घोषित भए ।

खेलमा दोस्रो हाफको ३७ औं मिनेटमा चर्च ब्वाइजको जर्सी नम्बर १९ का विदेशी
खेलाडी मोसा बल्लोले रातो कार्ड पाएका थिए ।

त्यस्तै, दोस्रो
हाफको १६ औं मिनेटमा रमपम झापा ११ का जर्सी नम्बर ३२ का खेलाडी रञ्जित श्रेष्ठले पहेँलो कार्ड पाएका थिए
भने ३६ औं मिनेटमा रमपम झापा ११ का जर्सी नम्बर ६ का खेलाडी हेम गुरुङले पहेँलो कार्ड पाए ।

खेलमा नेपाल, भुटान र भारतका गरी ८ वटा फुटबल टीमको सहभागिता रहेको थियो

प्रतियोगिताको समापन कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल
सरकारका युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै
उनले सुरुङ्गाका युवाहरुको प्रशंसा गरे । सुरुङ्गाका युवाहरु चेतनशील र जागरुक रहेको भन्दै गोल्ड कपलाई
नेपाल सरकारको तर्फबाट सक्दो सहयोग गर्न पहल गर्ने उनले बताए ।compedition

नेपाल भरी
खलाइने २६ वटा गोल्ड कपहरुलाई १ लाख रुपैयाँ बजेट छुट्टयाइसकेको पनि उनले जनाए । त्यस्तै, खेलमैदान
व्यवस्थापनका लागि ५ लाख सहयोेग गर्ने निर्णय भइसकेको उनले जनाए ।

समापन कार्यक्रममा मन्तव्य राख्दै युवा तथा खेलकुद मन्त्रालय सह–सचिव चुणामणि पौडेल र झापाका
जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले शुभकामना दिएका थिए ।

पूर्व अध्यक्ष कुमारमणि पोखरेलले स्वागत र सदस्य नमिता काफ्ले आस्था वाचन गरेको कार्यक्रमको
सञ्चालन महा–सचिव त्रिलोचन उप्रेती र स्वास्थ्य संयोजक भीम भट्टराईले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…