२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना खोप किन्न आर्थिक जोहो गर्दै सरकार

२०७७, १ माघ बिहीबार ०१:५५

 माघ १, काठमाडौं । कोरोनो भाइरसको शिकारबाट मुलुक आक्रान्त भइरहेका बेला सरकारले खोप किन्न आर्थिक जोहो गर्न थालेको छ ।

सबै नेपालीलाई खोपको सुनिश्चित गर्ने हिसाबले सरकारले उपलब्ध खोप किन्न रकम जुटाउन थालेको हो ।

सरकारले गतवर्ष नै कोरोना भाइरसविरुद्ध लड्न भन्दै ‘कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार कोष’ खडा गरेको थियो ।

प्रारम्भिक चरणमा कोषमा निजीक्षेत्रदेखि विभिन्न निकायले उल्लेखनीय रूपमा सहयोग गरे पनि रकम जम्मा हुने शृंखला पछि बिस्तारै सेलाउँदै गएको थियो । हाल उक्त कोषमा २ अर्ब ९० करोड रकम संकलन भएको महालेखा नियन्त्रक कार्यालयको आँकडामा देखिन्छ । अहिले उक्त कोषमा जम्मा भएको रकममध्ये २ अर्ब ४४ करोड खर्च भइसकेको छ ।

यो कोष मुख्यतः कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि खडा गरिएकाले स्वास्थ्य मन्त्रालयले खोप ल्याउन नयाँ कोष निर्माण गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार खोप ल्याउन सरकारको स्रोतले मात्रै थेग्न कठिन पर्ने भएकाले थप स्रोत जुटाउन सार्वजनिक रूपमै रकम जम्मा गर्नका लागि स्वदेशी संघसंस्था तथा दातृ निकायहरूलाई आह्वान गरिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  विजय दमासेले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश