२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँबसपार्कमा ‘क्युआर कोड’ मार्फत बस टिकटको भुक्तानी गर्न सकिने

२०७७, ४ माघ आईतवार १५:३२

माघ ४, काठमाडौँ (रासस) । गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘क्युआर कोर्ड’मार्फत बस टिकटको भुक्तानी गर्न सकिने व्यवस्थाको थालनी गरिएको छ ।  नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच ‘क्युआर कोडमार्फत भुक्तानी गर्न मिल्ने गरी आज सम्झौता गरिएको हो । सम्झौतापत्रमा प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवर र बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गर्नुभएको छ । कोड

पछिल्लो समय नेपाल राष्ट्र बैंकले क्युआर कोडमार्फत हुने भुक्तानीलाई अभियानकै रुपमा अगाडि बढाइरहेको बेला नयाँबसपार्कमा पनि सो प्रणालीलाई अगाडि सारिएको हो । अब नयाँबसपार्कबाट बसको टिकट खरीद गर्दा यात्रुले मोबाइल मनी, पर्सबाट क्युआर स्क्यान गरी ‘फोन पे’ नेटवर्कअन्तर्गत भुक्तानी गर्न सक्नेछन् । 

बन्दाबन्दीको समयको सदुपयोग गर्दै विद्युतीय माध्यामको प्रयोगलाई अगाडि बढाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले ‘क्युआर कोडमार्फत यात्रुलाई छिटो छरितोरुपमा भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको हो । प्रालिका अध्यक्ष कुँवरले महामारीको समयमा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्दा सबैलाई सहज हुने भएकाले यस प्रणालीलाई अगाडि सारेको बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाको २६ वडामा रहेको सो बसपार्कमा हाल दैनिक एक हजारदेखि एक हजार ५०० सार्वजनिक सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कबाट हाल देशभरका ५० भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएको प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले लक्ष्मी बैंकले धेरै रकमको कारोबार हुने अस्पताल, सपिङ मल, इन्टरनेट सेवा प्रदायक संस्थामा सो सेवालाई सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । कोरोना महामारीपछि क्युआर कोडमार्फत हुने भुक्तानीको प्रयोग बढ्दै गएको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश