2026-08-23 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा भीरबाट लडेर वडा सदस्यको मृत्यु

माघ ११, खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो । 

करीब ३०० मिटर तल खसेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए । धामीझाँक्रीको कामसमेत गर्दै आएका सदस्य फुुयाँल शनिबार साँझ धामी कामकै लागि मबु जानेक्रममा भिरबाट लडेको वडाध्यक्ष राईले जानकारी दिए । 

फुयाँल विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट वडा सदस्यमा विजयी भएका थिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । गाउँपालिका उपाध्यक्षलाई पितृशोक

ऐँसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष पुष्पकला भुजेललाई पितृशोक परेको छ । उपाध्यक्ष भुजेलका ८८ वर्षीय बुबा भक्तबहादुर भुजेलको शनिबार निधन भएको हो । वडा नं ३ ऐँसेलुखर्क दिम्मापातेलका भक्तबहादुरको काठमाडौँबाट घर लैजाने क्रममा बाटामा मृत्यु भएको जनाइएको छ । शव अन्तिम संस्कारका लागि घर लगिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो