२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति पुग्नासाथ प्रधानमन्त्रीको मन पग्लियो, ठाउँको ठाउँ ३० करोड दिने आदेश

२०७७, १४ माघ बुधबार ०२:२७

माघ १४, काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शनमात्रै गरेनन्, त्यहाँस्थित शिवलिंगमा सुनको जलहरी राख्नका निम्ति ठाउँको ठाउँ ३० करोड रुपैयाँ लेखेरै दिएका छन् ।

पशुपतिको पूजा अर्चनाका क्रममा उहाँले शुरुमै ५१ हजार खर्च लाग्ने गरी लाखबत्ति बालेर रुद्री पूजा गरे । अनि, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाललाई सोधे, ‘यहाँ सुनको जलहरी राख्ने कुरा के भयो ? प्रदीपले जवाफ दिए, ‘अझै ३० करोड जति पुग्दैन हजुर †’ अनि, प्रधानमन्त्रीले नजिकै रहेको आगन्तुक पुस्तिका ताने र संस्कृति मन्त्रीका नाममा आदेश लेखे, ‘यस वर्षको शिवरात्रिभित्र जडान गर्ने गरी ३० करोड रुपैयाँ तुरुन्त निकासा दिने…’ अनि, भने, ‘यो पैसा तुरुन्तै आउँछ ।’ प्रधानमन्त्रीले लेखेको उक्त ठाडो आदेशको सक्कल प्रति सदस्य सचिव ढकालसँग सुरक्षित छ ।

अहिलेसम्म शिवलिंगमा चाँदीको जलहरी छ । त्यहाँ १ सय ४१ किलो सुनको जलहरी राख्न कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा समिति बनाएको एक वर्ष पुग्न लागेको छ । यो समिति बनाउँदासम्म त्यस्तो काम सम्पन्न गर्न ९२ करोडको हिसाब अनुमान गरिएको थियो । त्यसमा कालिगढको खर्च र १८ या २४ क्यारेटको हिसाब जोडिएको छैन ।

कोषको सञ्चालक परिषद्ले एक वर्षअघि यो काम सम्पन्न गर्नलाई कार्यविधि पनि बनाइसकेको थियो । गत वर्ष शिवरात्रिका अवसरमा पशुपति दर्शन गर्न पुगेकी राष्ट्रपति विद्या भण्डारीलाई यो कुरा सुनाइएको थियो । तर, कोषले प्रधानमन्त्रीलाई कुरा सुनाउने मौकै पाएको थिएन । तर, सोमबार बिहानको पूजाका क्रममा प्रधानमन्त्री आफैँले सोधेपछि एकैपटक ३० करोड आम्दानी भएको छ । त्यहाँका स्थानीयले यति खर्चिलो जलहरी राख्ने कुराको विरोध गर्दै आएका छन् ।

जनआस्था साप्ताहिकमा समाचार छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा