२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र प्रचण्डलाई ‘मिलाउने’ तागत आफूसँग रहेको गौतमको दाबी

२०७७, १५ माघ बिहीबार ०२:४२

माघ १५, काठमाडौं । नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ‘मिलाउने’ तागत आफूसँग रहेको दाबी गरेका छन्। १३ वर्षदेखि पार्टी एकताका लागि आफूले पहल गरे पनि विभाजन हुन तीन वर्ष पनि नलागेको भन्दै उनले दुखेसोसमेत गरेका छन्।

‘हाम्रो पार्टीमा उत्तर र दक्षिणतिर दुईवटा हेर्डक्वार्टर थिए। उत्तरतिरको हेर्डक्वार्टरबाट निर्देशितहरू मकहाँ आउँछन्। हामीतिर आउनुप¥यो भन्छन्। दक्षिणतिरबाट पनि आउँछन्। माले हुँदा मसँग भएका साथीहरू आउँछन्, त्यस्तै कुरा गर्छन्। तर म कतै नलागी जुटाउनेतिर लागेको छु’, उनले बुधबार ललितपुरमा आयोजित अभियान घोषणा कार्यक्रममा भने, ‘प्रतिनिधिसभा पुनःस्थापना भइदिए हुन्थ्यो भन्ने छ। प्रतिनिधिसभा पुनःस्थापना भयो भने हामीलाई दुई वर्ष समय प्राप्त हुन्छ। 

त्यो दुई वर्षमा दुवै समूहलाई म ल्याउँछु। केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्नथ्यो। म हुँदा प्रचण्डजी एकताको पक्षमा हो। अहिले उहाँहरू दुईतिर फर्कनु भएको छ। म जान्छु र केपी ओलीलाई प्रचण्डतिर फर्काइदिन्छु, प्रचण्डलाई केपी ओलीतिर फर्काइदिन्छु। त्यो तागत मसँग छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश