२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा पहिलो खोप डाक्टर पौड्याल सहित ४० जना स्वास्थ्यकर्मीले लगाए

१५ माघ २०७७, बिहीबार ०७:५५

दान बहादुर बुढा । माघ १५, मुगु । हिमाली जिल्ला मुगुमा कोभिड –१९ विरुद्धको कोभिशिल्डको पहिलो खोप जिल्ला अस्पताल मुगुका डाक्डर कविर पौड्यालले शुभारम्भ गरेका छन् । 

बुधबार पहिलो दिन डाक्टर पौड्याल सहित ४० जना स्वास्थ्यकर्मीले खोप लगाएका हुन । सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी लगायत कोभिड १९ महामारी विरुद्धको अग्रपंक्तिमा खटिने व्यक्ति स्वास्थ्यकर्मीहरु लाई लगाउने निर्णय गरे पछि मुगुमा पहिलो खोप डा.  पौड्याल र अर्को डाक्टर निर्मल नगरकोटि  सहित अन्य स्वास्थ्यकर्मीले लगाएको जिल्ला अस्पताल मुगुले जनाएको छ । 


खोप लिएपछि डा. पौड्यालले विश्व लाईनै आक्रान्त पारेको अवस्थामा  कोरोना विरुद्धको खोपको प्रतीक्षामा सबै स्वास्थ्यकर्मी रहेकामा महामारी शुरु भएको एक वर्षभित्रमा खोप प्राप्त भएपछि सरकारप्रति सकारात्मक सन्देश जाने आस रहेको आफूले लिएको जानकारी दिए ।  


आज उद्धघाटनमा जिल्ला अस्पताल मुगुमा ४० जनाले कोरोना भाईरसको कोभिसिल्ड खोप लगाएका छन् । जिल्ला अस्पताल मुगुले दिएको जानकारी अनुसार जिल्ला प्राथमिक स्वास्थ्य केन्द्र , ईकाई स्वास्थ्य केन्द्र लगयात अन्य गरि ७ सय ९४ जना स्वास्थ्य कर्मी रहेको जिल्ला अस्पताल मुगुका डा. निर्मल नगरकोटिले जानकारी दिए ।  उनले भने मुगुमा २ सय मात्र खोप आएको छ यो खोप यहाका स्वास्थ्यकर्मी लाई लगाउन पुग्दैन यसै समस्या लाई मध्ये नजर गर्दे यहाका पत्रकार , सुरक्षाकर्मी र कोभिड १९ सम्बन्धि अग्रपंक्तिमा खटिने नागरिक लाई लगाउने गरि १ हजार ५ सय खोप आवश्यक रहेको र त्यहि खोप मुगुमा तत्काल झिकाउने प्रयास गर्ने बताए । 


आज खोप लगाउन छुटेका लाई भोली बाट समय  मिलाएर छायानाथ रारा नगरपालिका र सोरु , खत्याड , मुगुम कार्मारोगं  गाउँपालिकाका स्वास्थ्य कर्मचारीलाई समेत लगाइने भएको जनाइएको छ । यस्तै आज लगाउन बाँकी रहेका जिल्ला स्वास्थ्य सेवा कार्यालयका कर्मचारी र जिल्ला अस्पतालका कर्मचारीलाई भोलीबाट लगाउन शुरु गरीने भएको लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान