२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘कोभिड–१९’ प्रतिकार्यमा तीनै सरकारको योगदान

२०७७, १६ माघ शुक्रबार ०६:१९

माघ १६, कर्णाली । कोरोना महामारीबाट नेपालमा एक प्रतिशतभन्दा कम र कर्णालीमा त्यसभन्दा झनै तलको दरमा मृत्यु हुनुमा स्थानीय सरकारहरुले पु¥याएको योगदानलाई लिइएको छ । कोभिडको अवधिभर हेल्थडेस्क स्थापना, स्वाब सङ्कलन, कन्ट्याक्ट ट्रेसिङ, रेकर्डिङ तथा रिपोर्टिङ, प्राथमिक उपचार, कोभिडसम्बन्धी क्षमता अभिवृद्धिका तालीम, शव व्यवस्थापनदेखि खोपलगायतका सेवा प्रवाहको उल्लेख्य प्रभाव रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा उल्लेख गरियो । 

 ‘कोभिड–१९’ रोगको हालसम्मको प्रगतिको समीक्षा तथा कोभिड खोप’ सम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले ‘कोभिड–१९’ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा तीनै तहका सरकारकोे प्रभाव राम्रो रहेको बताउनुभयो । उहाँले महाव्याधिमा तीन तहका सरकारको यथोचित र शीघ्र व्यवस्थापन प्रभावकारी बनेकाले ठूलो क्षति हुन नपाएको हो भन्नुभयो ।

उहाँले कर्णालीका १० जिल्लाका १२ अस्पतालबाट ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरेको उल्लेख गर्दै सुर्खेतमा पहिलो चरणमा दुई हजार ८०० नागरिकलाई लगाइने जानकारी दिनुभयो । उहाँले १८ वर्षभन्दामुनिकालाई यो खोप लगाउने मापदण्ड उल्लेख नभएकाले र अति शीघ्र एलर्जी भएका, गर्भवती, स्तनपान गराउने, गर्भधारण गर्ने इच्छा भएकाले यो खोप लगाउन नमिल्ने बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा ‘कोभिशिल्ड’ खोप लगाएका व्यक्तिले दोस्रो चरणमा पनि त्यही खोप लगाउनुपर्छ ।

कर्णालीमा कोरोना भाइरस सङ्क्रमण परीक्षण गरिएका करीब ९७ हजारमा ३३ हजार सुर्खेतकै गरिएको जनाउँदै हालसम्म यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २९ पुग्दा २३ जना सुर्खेतका नागरिकले ज्यान गुमाउनुपरेको उहाँको भनाइ थियो । कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा नवराज केसीले परीक्षण गर्नलाई ‘कोभिशिल्ड’ खोप नेपाल पठाएको भन्ने गलत प्रचारमा नलाग्न सबैसँग आग्रह गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना