२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘कोभिड–१९’ प्रतिकार्यमा तीनै सरकारको योगदान

१६ माघ २०७७, शुक्रबार ०६:१९

माघ १६, कर्णाली । कोरोना महामारीबाट नेपालमा एक प्रतिशतभन्दा कम र कर्णालीमा त्यसभन्दा झनै तलको दरमा मृत्यु हुनुमा स्थानीय सरकारहरुले पु¥याएको योगदानलाई लिइएको छ । कोभिडको अवधिभर हेल्थडेस्क स्थापना, स्वाब सङ्कलन, कन्ट्याक्ट ट्रेसिङ, रेकर्डिङ तथा रिपोर्टिङ, प्राथमिक उपचार, कोभिडसम्बन्धी क्षमता अभिवृद्धिका तालीम, शव व्यवस्थापनदेखि खोपलगायतका सेवा प्रवाहको उल्लेख्य प्रभाव रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा उल्लेख गरियो । 

 ‘कोभिड–१९’ रोगको हालसम्मको प्रगतिको समीक्षा तथा कोभिड खोप’ सम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले ‘कोभिड–१९’ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा तीनै तहका सरकारकोे प्रभाव राम्रो रहेको बताउनुभयो । उहाँले महाव्याधिमा तीन तहका सरकारको यथोचित र शीघ्र व्यवस्थापन प्रभावकारी बनेकाले ठूलो क्षति हुन नपाएको हो भन्नुभयो ।

उहाँले कर्णालीका १० जिल्लाका १२ अस्पतालबाट ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरेको उल्लेख गर्दै सुर्खेतमा पहिलो चरणमा दुई हजार ८०० नागरिकलाई लगाइने जानकारी दिनुभयो । उहाँले १८ वर्षभन्दामुनिकालाई यो खोप लगाउने मापदण्ड उल्लेख नभएकाले र अति शीघ्र एलर्जी भएका, गर्भवती, स्तनपान गराउने, गर्भधारण गर्ने इच्छा भएकाले यो खोप लगाउन नमिल्ने बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा ‘कोभिशिल्ड’ खोप लगाएका व्यक्तिले दोस्रो चरणमा पनि त्यही खोप लगाउनुपर्छ ।

कर्णालीमा कोरोना भाइरस सङ्क्रमण परीक्षण गरिएका करीब ९७ हजारमा ३३ हजार सुर्खेतकै गरिएको जनाउँदै हालसम्म यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २९ पुग्दा २३ जना सुर्खेतका नागरिकले ज्यान गुमाउनुपरेको उहाँको भनाइ थियो । कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा नवराज केसीले परीक्षण गर्नलाई ‘कोभिशिल्ड’ खोप नेपाल पठाएको भन्ने गलत प्रचारमा नलाग्न सबैसँग आग्रह गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य