२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थन्किएको बजेट तानेर कोरोनाको खोप

२०७७, १७ माघ शनिबार ०२:३८

माघ १७, काठमाडौं । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भनेपछि अर्थ मन्त्रालय बजेटको जोहो गर्ने चटारोमा छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको व्यवस्था भइसकेको भने पनि विभिन्न शीर्षकमा छुट्याइएको बजेट काट्ने काम भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन्।

‘खोप किन्नुपर्ने अवस्था आयो भने अन्य कुनै शीर्षकबाट कटौती गरेर पनि बजेट व्यवस्था गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति भएको थियो’, मन्त्रालयका बजेट तथा योजना महाशाखा प्रमुख धनीराम शर्माले भने।

त्यहीअनुसार बजेट रकमान्तर गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। काम नगरेका आयोजनाको बजेट तानेर खोप किन्ने, ढुवानी गर्ने र लगाउने काममा खर्च व्यवस्थापन गर्ने काम भइरहेको मन्त्रालयले बताएको छ।

अझै कति खोप किन्नुपर्ने भनेर स्पष्ट भइनसकेको मन्त्रालयका अधिकारी बताउँछन्। खोप निःशुल्क उपलब्ध गराउने वा किन्न आर्थिक सहायता लिने विषयमा सरकारले विभिन्न तहबाट दातृ मुलुकसँग छलफल गरिरहेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विनय बञ्जाराले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश