२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगलागीमा परी दुई जनाको मृत्यु

२०७७, १७ माघ शनिबार १५:३७

माघ १७, सोलुखुम्बु (रासस) : सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ ।

स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।

आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नतिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

माथिल्लो तलामा घाँसलगायतका सामग्री राखिएको मतानमा बालबालिकाले लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

बालक र बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश