२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

सोलार र चुलो वितरणका नाममा ठगी गर्ने चार जना सार्वजानिक

२०७७, २० माघ मंगलवार ०६:१२

माघ २०, जाजरकोट । नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने  चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका–९ स्थायी ठेगाना भई हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने २६ वर्षीय यज्ञप्रसाद रेग्मी, सोही ठाउँका ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल, जाजरकोट बारेकोट–१ रामीडाँडा निवासी ४० वर्र्षीय हरिचन्द्र बस्नेत र सोही ठाउँका ३३ वर्षीय मानबहादुर महतारा रहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो  । पक्राउ परेकाहरुबाट रु चार लाख रकम र कागजपत्रसमेत फेला पारेको जनाइएको छ ।

बारेकोट गाउँपालिका, नलगाड नगरपालिकाले ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरणका लागि अनुमति दिएको थियो । पालिकाको अनमुतिअनुसार वडाध्यक्षहरुले नै अतिविपन्न परिवारका लागि ८० वाट क्षमताको सौर्य ऊर्जा र ३५ केजी तौलको सुधारिएको चुलो जडान गरिदिने जनाउँदै प्रत्येक घरधुरीबाट रु तीन हजार ७५० सङ्कलन गरेका थिए । सोलार र चुलोको मूल्य रु २५ हजार पर्ने भए पनि रु २१ हजार २५० वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र ग्रामीण विकास तथा क्लिन इन्भरमेन्टले व्यहोर्ने भन्दै  उनीहरुले झुक्याएका बताइएको छ ।  उनीहरुले नगद बुझेको रसिद नदिएर सामान बुझेको भरपाई गराएका थिए । 

एउटै वडाबाट रु छ लाखसम्म सङ्कलन भइसकेको स्थानीयवासीको भनाइ छ । नलगाडका १३ वटै वडाबाट र बारेकोटका अधिकांश वडाबाट सङ्कलन गरिएको रकम वडाध्यक्षमार्फत उक्त संस्थालाई बैंकमार्फत पठाउने फाराम भरेको ४५ दिनभित्र सामान उपलब्ध गराउने उल्लेख गरिएको थियो । भरपाईलगायतका कुरामा समेत शङ्कास्पद देखिएपछि उनीहरुको ठगी धन्दा सार्वजनिक भएको हो । नगरपालिकाले समेत संस्थाको आधिकारिकता बुझ्दै नबुझी अनुमति दिएकाले आफूहरु ठगीमा परेको स्थानीयवासीको भनाइ छ ।

आफ्नो संस्थाको नाम जोडेर रकम सङ्कलन गरिरहेको जानकारी पाएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आइतबार एक विज्ञप्ति प्रकाशित गरी केन्द्रको कुनै सहकार्य, समन्वय र साझेदारी नरहेको स्पष्ट पारेको छ । केन्द्रका नायब कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज ढकालले अनाधिकृत दुष्प्रचार र गलत कार्य गर्ने संस्थासँग सजग रहन आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल नामक संस्थाले अनधिकृतरूपमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्य रहेको दुष्प्रयास गर्दै जाजरकोटलगायतका केही जिल्लाका विभिन्न समुदाय, घरधुरीबाट सौर्य ऊर्जा र सुधारिएको चुलो जडानको लागि अमन इन्टेरियर एण्ड डेकोरेशन विजनेश ग्रुप नामक संस्थालाई जिम्मेवारी दिइएको भनी रकम सङ्कलन गरेको जानकारी प्राप्त भएकाले उक्त संस्थासँग यस वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कुनै समन्वय, सहकार्य र साझेदारी नरहेको तथ्य सबै सरोकारवालालाई जानकारी गराउँदछौँ ।”रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना