२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को नतिजासँगै स्नातक तहको भर्ना गर्न प्रतिस्पर्धा

२०७७, २१ माघ बुधबार ०२:१९

माघ २१, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ गर्न प्रतिस्पर्धा नै चलेको छ ।

सार्वजनिक नतिजाबाट झन्डै चार लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै पटक उच्च शिक्षामा ढोका खुलेपछि विश्वविद्यालयहरूले भर्ना कार्यक्रम सुरु गर्नेभएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र फागुनमा गर्ने निर्णय गरेको छ । शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा प्रारम्भ गर्ने निचोडमा विश्वविद्यालय पुगेको जानकारी दिए । विश्वविद्यालयले तीन महिना पछि सारेर भर्ना कार्यक्रम सुरु गर्नेभएको हो । यसअघि मङ्सिरमा स्नातक तहको पहिलो वर्षको भर्ना गर्ने गरिएको थियो ।

पोखरा विश्वविद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै भर्ना सुरु गरिएको विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले जानकारी दिए । विश्वविद्यालय मातहतका कलेजले भर्ना कार्यक्रम जारी राखेको र अब नतिजा आएलगत्तै आङ्गिक क्याम्पसमा समेत भर्ना खोलिने जनाइएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयले माघबाट स्नातक तहको भर्ना कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । संस्कृत विश्वविद्यालयमा शैक्षिक सत्र कहिलेबाट प्रारम्भ गर्ने भन्ने निर्णय विश्वविद्यालयको सभाबाट गर्ने परम्परा छ ।

विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले माघबाटै स्नातक तहको पठनपाठन सुरु गरिने जानकारी दिए । विश्वविद्यालयले प्राकशास्त्री तह उत्तीर्ण गरेका विद्यार्थीलाई पुस महिनामै स्नातक तहमा भर्ना गरिसकेको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित