सिन्धुलीमा सात मतदानस्थल थप्न सिफारिस

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>माघ २१, सिन्धुली । </b>जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले, निर्वाचन आयोगसमक्ष सात मतदानस्थल थप्न सिफारिस गरेको छ । मतदान गर्न अपायक परेका क्षेत्रका मतदातालाई पायक पार्ने गरी मतदानस्थल थप गर्न सिफारिस गरिएको हो ।<br></p><p>कार्यालयका निर्वाचन अधिकारी खिलबहादुर दर्लामीले तीनपाटन गाउँपालिका–३ जोगे, ४ को सालुके र ९ को सिम्लेमा मतदानस्थल थप्न सिफारिश भएको हो । कमलामाई नगरपालिका–११ फालचुरी, १२ को टन्सार र कुण्डेश्वरीमा र गोलन्जोर गाउँपालिकाको नाकाजोलिमा मतदानस्थल थप्न भनिएको छ ।&nbsp; नागरिकले धेरै टाढा, घण्टौँसम्म पैदल हिँडेर मतदान गर्दै आएको र भूगोल र मतदाताको सङ्ख्याका आधारमा मतदानस्थल थप गर्न जिल्लामा भएको सहमतिका आधारमा आयोगलाई सिफारिस गरिएको उहाँको भनाइ छ ।</p><p>निर्वाचन कार्यालयले वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि केन्द्रको तयारीअनुसार नै कार्यक्रम र गतिविधि सञ्चालन गर्दै आएको छ । आयोगमा कार्यालयले कार्यतालिकाअनुसार मतदाताको नामावली अद्यावधिक गर्नसमेत पठाएको जानकारी दिनुभयो । २०७४ सालमा एक लाख ८१ हजार ५२६ मतदाता रहेका थिए । कार्यालमा पुस ५ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा समावेश भएका एक लाख ९२ हजार ३९५ जनाको फोटोसहितको नामावली निर्वाचन आयोगमा पठाइएको छ ।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply