साउन २१, अर्घाखाँची | अर्घाखाँचीको नुवाकोट गाविसका टेकबहादुर केसीले बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि आत्महत्या गरेका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, अर्घाखाँची | अर्घाखाँचीको नुवाकोट गाविसका टेकबहादुर केसीले बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि आत्महत्या गरेका छन"/>
2026-10-17 11:59 PM
अर्घाखाँची - AGK

कतारबाट फर्केको २ घण्टामा श्रीमती र बाबुको हत्या प्रयासपछि आत्महत्या

साउन २१, अर्घाखाँची | अर्घाखाँचीको नुवाकोट गाविसका टेकबहादुर केसीले बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि आत्महत्या गरेका छन् । कतारबाट आएको झण्डै दुई घण्टापछि उनले श्रीमती सिर्जना केसीको हत्या गर्न खोजेका थिए । 

अर्घाखाँचीस्थित नुवाकोट गाविस–२ करौदीका टेकबहादुरले १० महिनामा कतारबाट घर फर्किए लगत्तै श्रीमती २४ वर्षकी सिर्जनालाई धारिलो हतियारले हानेर हत्या गर्ने प्रयास गरेका थिए । तर उनले श्रीमतीको हत्या प्रयासपछि टेकबहादुरले घर नजिकै रहेको काभ्राको बोटमा झुण्डिएर आत्महत्या गरे । टेक बहादुरको तीन वर्षकी एउटी छोरी पनि छिन् । 

टेकबहादुर कतारबाट घर फर्किँदा घरमा वृद्ध ससुरा र सिर्जना थिए । त्यतिकैमा श्रीमानले केही काम छ भन्दै कोठामा लगेर श्रीमतीलाई बसुलाले हाने तर सिर्जनाले  रोक्न सफल बनिन र बाँचिन । त्यसअघि टेकबहादुरले बाबुलाई घाटी थिचेर मार्ने प्रयास गरेका थिए । सिर्जनाको टाउको र शरिरको पछाडी पट्टिको भागमा चोट लागेको छ, सिर्जना र उनका ससुरा चिच्याएर हार -गुहार गरेपछि छिमेकी आइपुगेका कारण दुव जना बाच्न सफल भए । टेकबहादुर त्यतिबेलै भागेर घर नजिकैको रुखमा पुगी झुण्डियर आत्महत्या गरेको स्थानीय बासिन्दाको भनाई छ । तर बुबा छोराको पन्जाबाट भाग्न सफल बनेका थिए । 

टेक बहादुरले आफ्नै बाबु र श्रीमतीको हत्या गर्ने योजना किन बनाएका थिए र आफै आत्महत्या किन गरे ? भन्ने बिषय भने टेक बहादुरको मृत्युसँगै रहश्यमय बनेको छ । त्यस विषयमा प्रहरीले अनुसन्धान गर्ने बताएको छ ।  

सिर्जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबलमा लगिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु