२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा घरबाटै बेपत्ता दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार

२३ माघ २०७७, शुक्रबार ०४:५२

माघ २३, लहान । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थिए ।

बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बिहीबार साँझ ७:० भारतको मधुवनी जिल्ला खाजेडी भन्ने गाउँबाट प्रियान्सुलाई उद्धार गरेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिनुभयो । 

बालक प्रियान्सुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई गए राति नै आमा सङ्गीताकुमारीको जिम्मा लगाएको जनाएको छ । बालक बेपत्तालगत्तै परिवारजनले प्रहरीलाई खबर गरेका थिए । परिवारजनले बालकको अपहरण भएको आशङ्का गरेका थिए । बालकको घरदेखि फेला परेको स्थानको दूरी करिब १८ किलोमिटर पर्छ । “हाम्रो पहिलो प्राथमिकता बालकलाई सकुशल पत्ता लगाउनु थियो जुन सफल भयो”, प्रहरी उपरीक्षक भण्डारीले भन्नुभयो, “अब घटनाको अनुसन्धान गरी बालकको अपहरण गर्नेको खोजी गर्न केन्द्रित हुन्छौँ ।” अपहरणकारी जोसुकै भए पनि खोजी गरी कानूनी दायरामा ल्याइने उहाँको भनाइ थियो । 

होटल र रेष्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण

पस्किने खानामा स्वच्छता, गुणस्तरीयता र सफा बनाउने उद्देश्यले सिरहाका होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजद्वारा बिहीबार सिरहाको मिर्चैयामा आयोजित खाद्य स्वच्छतासम्बन्धी एकदिने तालिममा सिरहाका करिब ३० जना होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकको सहभागिता थियो ।

तालिममा होटल, रेष्टुरेन्ट तथा क्यान्टिनमा पस्किने खाना र खाजामा स्वच्छता, गुणस्तरीयता ल्याउने विधिबारे कार्यपत्र प्रस्तुत गर्नुहुँदै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजका प्रमुख सुरेशकुमार सिंहले होटल तथा रेष्टुरेन्टको प्रतिस्पर्धा खाद्य स्वच्छता र गुणस्तरीतामा हुनुपर्ने बताउनुभयो ।

उहाँले खाद्य स्वच्छताका लागि होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने रसायन, भाँडाकुडा, शौचालय, झ्यालढोका, भान्सा, खाना खुवाउने ठाउँ, कच्चा तथा तयारी खानेकुराका लागि छुट्टाछुटै ठाउँ, पानीको भण्डारण तथा प्रशोधन प्रक्रिया, हातधुने नियम, खानेकुराको देखभाल वा प्रबन्ध, खानेकुराको सम्पर्कमा आउने सम्पूर्ण उपकरण सफा हुनुपर्ने जानकारी दिनुभयो । 

तालिममा होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामकुमार गुप्ताले खाद्य स्वच्छताका लागि सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्नेमा जोड दिनुहुँदै नियमित बजार अनुगमनसँगै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने बताउनुभयो । सो अवसरमा राष्ट्रिय उपभोक्त मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ता, मिर्चैया उद्योग वाणिज्य सङ्घका महासचिव भरत महासेठले होटल र रेष्टुरेन्टले खाद्य स्वच्छतामा ध्यान दिन नसक्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने बताउनुभयो ।

यसैबीच माघ २९ गतेदेखि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजले खाद्य स्वच्छताका आधारमा होटल, रेष्टुरेन्टको स्तरोन्नतिका लागि स्टीकर (लोगो) टाँस्ने कार्य शुरु गरिने भएको छ । होटल तथा रेष्टुरेन्ट सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागू गरे÷नगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिने प्रमुख सिंहको भनाइ छ । विभिन्न चार किसिमको स्तरीकरण कायम गरिएकामा ९० भन्दा बढी अङ्क ल्याउने होटल र रेष्टुरेन्टलाई अति उत्तम (क) तथा ८० देखि ९० सम्म अङ्क ल्याउनेलाई उत्तम श्रेणी (ख), ६५ देखि ७९ अङ्कसम्म ल्याउनेलाई सन्तोषजनक (ग) र ५० देखि ६४ अङ्क ल्याउनेलाई समान्य वर्ग (घ) गरी वर्गीकरण गरेर सोहीअनुसार होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँसिन्छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल