2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कर्णालीका जिल्लामा हिमपात

दान बहादुर बुढा । माघ २३, मुगु । साविकका कर्णालीका हिमाली जिल्ला मुगु सहित जुम्ला , हुम्ला , कालिकोटमा लामो समय पछि विहिबार राती देखि हिमपात भएको छ । माघ महिनाको अन्तिम सातामा हिमपात हुदा मुगु सहित कर्णालीका कृषकहरु खुसि भएका छन् ।

विहिबार मध्यान्ह देखि मुगुमा बादल लाग्नुका साथै मध्ये राति राति देखि  वर्षा सँगै हिमपात हुँदा यति खेर मुगुमा चिसो बढेको छ । राति देखि आएको हिमपातले मुगुमा तापक्रम माइनस १२ डिग्रीमा  झरेको छ । त्यस्तै हुम्लामा माईनस मा झरेको छ भने जुम्लामा माईनस ३ मा झरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । 

प्रजिअ थापाका अनुसार बजार क्षेत्रका आसपासमा सामान्य रुपमा हिपमपात भएको छ भने उच्च भेगमा अलि अलि हिमपात भएको जानकारी दिए । यस्तै डोल्पामा भने सदरमुकाम दुनैमा हिमपात सामान्य रहेको छ भने उच्च क्षेत्रमा हिमपात भएको हो । यस्तै मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउपालिकाका उच्च भेगमा बाक्लो मात्रा हिमपात भएको यहाका स्थानीयले बताएका छन् । 

यतिखेर सदरमुकाम गमगढी बजारमा सामान्य वर्षा भएको छ । यतिखेर जिल्लामा हिमपात हुँदा जिल्लाका छायानाथ रारा नगरपालिका , मुगुमकार्मारोगं गाउपालिका , सोरु गाउपालिकाका केही क्षेत्रमा सेताम्ये देखिएका छन् । 

कृषि क्षेत्रमा फलदायि

माघ महिनाको अन्तिम सातामा परेको हिमपातले जेठ महिनामा  पाक्ने अन्न बालि उवा, गहुँ, जौलाई फाइदा हुने हुँदा कृषक हर्षित  भएका छन् । यहाका खेतबारीमा लगाइएका अन्न बालिहरु पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमै वर्षा नुहदा किसानहरु चिन्तित बनेका थिए भने विहिबारबाट हिमपात हुँदा किसानहरु खुसि भएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख कमल बहादुर सुनारले बताए । 

ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा कर्णाली सँगै मुगुका कृषक धेरै हर्षित भएका छन् । मुगुमा यो वर्षको पहिलो पटक हिमपात भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो