२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फर्म’ मा आएनन् बादल, ओलीको अभिव्यक्ति दिन्छन् कि प्रचण्डको ?

२०७७, २४ माघ शनिबार ०२:३१

माघ २४, काठमाडौं । अक्सर तटस्थ देखिने गृहमन्त्री रामबहादुर थापा बादललाई गत पुस ५ गतेपछि केपी शर्मा ओली या प्रचण्डमध्ये कसको कित्ता लिने हो भन्ने स्पष्ट हुनैपर्ने बाध्यता आइलाग्यो ।

हुन त उनी प्रचण्डसँग असहमति हुँदा वामदेव गौतम झैं तटस्थ बस्न सक्थे । तर छँदाछँदैको गृहमन्त्री छाड्नुभन्दा ओलीतिरै लाग्नु उपयुक्त देखे सायद, पुस ९ मा ओली क्याम्पमा उभिन बालुवाटार पुगे । थापाले गरेको भाषण र उभिएको मञ्चको तालमेल मिलेको थिएन । 

उनले क्रान्ति, अग्रगमन, आन्दोलनका कुरा गर्थे र घुमाइफिराइ ओली नेतृत्वको नेकपामात्रै अग्रगामी भएको निचोड सुनाउँथे । 

थापाको यही अलमल देखेर एकपटक प्रचण्डले भनेका थिए–उहाँ त्यता उभिनु भएको छ, भाषण हाम्रो गर्नुहुन्छ ।’  त्यससता कयौँ मञ्चमा थापाले ओलीको अभिव्यक्ति दिन्छन् कि प्रचण्डको, छुट्याउनै मुस्किल हुने गरेको कान्तिपुर दैनिकमा खबर छ । 

समाचारमा भनिएको छ–शुक्रबारको जनसभामा ओलीपछिको दोस्रो वरियता पाउने चर्चामा रहेका बादलले सत्ताधारीकै मञ्चबाट तेस्रो जनआन्दोलन सुरु भएको उद्घोष गरिरहँदा आफू गृहमन्त्री हुँ भन्ने चटक्कै बिर्सिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित