२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइलको लतले बालबालिकाको ज्यानै जोखिममा

२०७७, २४ माघ शनिबार ०२:३५

माघ २४, काठमाडौँ । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । 

बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील) साइटप्रति आकर्षित हुने गरेको सम्बन्धित विज्ञहरू बताउँछन् ।

मनोरन्जन र ज्ञानगुनका कुरामा भन्दा अनलाइन खेलप्रति बालबालिकाको आकर्षण बढ्दै गएको छ । यतिसम्मकी अनलाइन गेम खेल्न घरबाट पैसा चोरी गरेका घटना समेत सार्वजनिक हुन थालेका छन् । अनलाइन खेल खेल्न ई–पे (टपअफ) गर्ने लत बसेको छ ।

बूढानीलकण्ठस्थित एक घरबाट केही दिनअघि भएको २५ हजार रुपियाँ चोरीमा घरधनीकै छोरा संलग्न पाइयो । एसईईको तयारीमा जुटेको छोराले चोरी गरेको रकम अनलाइन गेममा खर्च गरिसकेको प्रमाण फेला परेपछि अभिभावक झस्किएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द ‘छोराछोरीको आनीबानीप्रति अभिभावक सचेत र सतर्क नहुँदा यस्ता घटना बढ्दै जाने बताउँछन् ।

त्यस्तै रुपन्देहीमा ‘पब्जी’ नामको अनलाइन गेम हारेका कारण आत्महत्याको प्रयास गरिरहेका एक बालकको नेपाल प्रहरीको साइबर ब्युरोले उद्धार गरेको छ ।

कार्टुन तथा ज्ञान दिने ‘एप्स’ र वेभसाइट भन्दा बालबालिकामा अनलाइन गेमप्रतिको आकर्षण बढी देखिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा