२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका कारागारलाई कम्प्युटर सहयोग

२०७७, २५ माघ आईतवार ०६:५७

माघ २५, काठमाडौँ । कारागारलाई सुधार गृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले दाङका दुई कारागारमा कम्प्युटर प्रदान गरिएको छ । रोटरी क्लब अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लब र संस्थाको सहकार्यमा घोराही र तुलसीपुर कारागारमा १०-१० थान कम्प्युटर प्रदान गरिएको हो । 

गुडविल कम्युनिटी फाउण्डेशन एनसी, युएसए, रोटरी क्लब अफ ब्रान्चवुर्ग एनजे युएसए, रोटरी क्लब अफ धुलिखेल, सामुदायिक सेवा केन्द्र र आशा प्रोजेक्टको फ्रेण्डस अफ नेपालको सहयोगमा कारागारमा कम्प्युटर प्रदान गरिएको हो । घोराही र तुलसीपुरका कारागारका कैदीबन्दीका लागि कम्प्युटर हस्तान्तरण गरिएका हो । 

कारागारलाई सुधारगृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्र बनाउने र कारागारबाट निस्केपछिको जीवनलाई सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको गुडविल कम्युनिटी प्रतिनिधि अशोक श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा कैदी बन्दीहरुले पढ्न लागेको कुरा थाहा पाएपछि उनीहरुलाई कितावी ज्ञानसँगै प्रविधिको ज्ञान पनि होस् भन्ने उद्देश्यले सहयोग गरिएको उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कारागारभित्रै बसेर पनि नयाँ प्रविधि र युग सहाउँदो ज्ञान हासिल गर्न सकिन्छ भन्नुभयो । उहाँले ज्ञानको भण्डार असिमित रहेको भन्दै कैदीबन्दीले कारागारभित्रै बसेर पनि ज्ञान हासिल गर्नसक्ने अवसर आएकोमा खुशी व्यक्त गर्नुभयो ।  

कार्यक्रममा तुलसीपुर कारागारका प्रमुख युवराज परियारले कैदीबन्दीलाई प्राप्त अवसरलाई भरपुर सदुपयोग गरी ज्ञान हासिल गर्न सुझाव दिनुभयो । घोराही कारागार प्रमुख विष्णुप्रसाद पाण्डेले कसुरमा कारागारमा सजाय भोग्दै गरेका कैदी बन्दीमा सकारात्मक सोचको विकाससँगै पढ्ने बानीको विकास भएको बताउनुभयो । 

महोत्सवमा रु ५४ लाख बचत

तुलसीपुर उद्योग वाणिज्य सङ्घले गतवर्ष सञ्चालन गरेको महोत्सवको आयव्यय विवरण सार्वजनिक गरेको छ । शनिबार सङ्घको २६औँ साधारणसभामा वाणिज्य सङ्घका कोषाध्यक्ष डिल्लीबहादुर वलीले महोत्सवमा विभिन्न शीर्षकमा रु ८७ लाख ८९ हजार ५१२ आम्दानी भएको ३३ लाख ९९ हजार ४३७ खर्च भएको जानकारी दिनुभएको छ । 

उहाँले सबै खर्च कटाएर महोत्सवबाट रु ५३ लाख ९० हजार ७५ बचत भएको जानकारी दिनुभयो । कोरोना महामारीका कारण आफूहरुले आयव्यय सार्वजनिक समयमा गर्न नसकेको सङघका अध्यक्ष वीरबहादुर रातवले बताउनुभयो । सङ्घले गत वर्षको माघ महिनामा महोत्सव आयोजना गरेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह