२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

ट्राफिक कारवाही तीव्र

२०७७, २५ माघ आईतवार ०८:४६

माघ २५, रसुवा । रसुवामा इजाजतबिना सवाारीसाधन चलाउने माथि ट्राफिक प्रहरीले कारवाही तीव्र पारेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालेको विषेश जाँच परीक्षण अन्तर्गत लामो समयदेखि सवारी साधनको नवीकरण नगरिएका र कतिपय चालकसँग अनुमति पत्र नभेटिएपछि परीक्षणकाल थप तीव्र पारिएको हो ।

परीक्षणको क्रममा ३५ का  अनुमति पत्र नभएका र २०  सवारी साधनले नवीकरण नगरेका भेटिइएको थियो ।  जिल्ला ट्राफिक प्रमुख चन्द्रबहादुर घिसिङले सबैलाई पहिलो पटक कारवाहीस्वरूप जरिवान गरी छोडिएको जानकारी दिनुभयो । 

उनीहरुलाई ट्राफिक नियम, हुनसक्ने जोखिम, भोग्नु पर्ने सजाय समेतका बारेमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो । विशेष परीक्षण  अन्तर्गत समग्रमा ५०  सवारीसाधन कारवाहीमा परेका र जरिवानबापत दुई लाख ५० हजार राजश्व दाखिला भएको बताइएको छ । 

ट्राफिक व्यवस्थापन अन्तर्गत  नियम उलङ्घन गर्ने सवारी साधनलाई बढीमा दुई हजारसम्म जरिवाना गर्ने प्रावधान रहेको उहाँले बताउनुभयो । जरिवाना गरिएका सवारीसाधन मध्ये छ देखि नौ वर्षसम्म नवीकरण नभएका तीन  सवारीसाधनका धनीलाई छिटो नवीकरण गराउन कबुलियतसमेत गराइएको छ ।

 दिन प्रतिदिन पासाङल्हामु राजमार्गमा गुढ्ने सवारीसाधनमध्ये सबै भन्दा धेरै मोटरसाइकलको सङ्ख्या बढी रहेकोे छ ।  युवाले चलाएका ती सवारीसाधन तीव्ररूपमा गुड्ने पाइएकाले गुडाउने रफ्तारको बारेमासमेत सचेत गराउँदै आएको ट्राफिक प्रहरीले जनाएको छ ।

 यस्तै दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा सडकको अलावा गाउँटोलदेखि विद्यालयसम्म विविध प्रकारका सन्देशमूलक सचेतना कार्यक्रमसमेत अगाडि बढाइएको छ । जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेका अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा ट्राफिक नियमको कार्यान्वयन एवं महिला हिंसा नियन्त्रणलगायतका विषयमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो । विद्यालयस्तरमा गई विद्यार्थी माझ लागूऔषधका साथै साइवर अपराध नियन्त्रण एवं बालबालिकाको संरक्षण  समेतका विषयमा  सन्देशमूलक ज्ञान प्रदान गरिएको प्रहरी जनाएको छ ।

धुञ्चे, स्याफ्रबेँेसीँ, टिमुरेको साथै आमाछोदिङ्मो तथा नौकुण्ड गाउँपालिकाको केही विद्यालयमा सचेतना गराउने कार्य सम्पन्न भएको छ । ट्राफिक प्रहरीद्वारा सवारी साधनसम्बन्धी  र नेपाल प्रहरीले कूलतबाट जोगाउन सानु उमेरबाटै विद्यालयस्तरदेखिनै दिएको ज्ञानले  समुन्नत समाज निर्माणमा योगदान पुग्ने र यस्ता कार्यक्रमले निरन्तरता पाउनेमा सम्पूर्ण अभिभावक आशावादी रहेको समाजसेवी भवनाथ पौडेलले जानकारी दिनुभयो । 

समाजमा हुने अपराध न्यूनीकरण गर्न प्रहरी अहोरात्र खटिरहेकोले जिल्लाभित्र कुनै प्रकारका अपराध भएमा वा हुने सम्भावनाको सङ्केत देखिएमा कार्यालयलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई