२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाकी चेली नेपालकै ‘डान्स स्टार’ बन्ने होडमा

१५ मंसिर २०७२, मंगलवार १३:३९

Jhapalicheliमंसिर १५, विर्तामोड (सास) । झापा
बुधबारे–७ की अञ्जली माझी हिमालय टेलिभिजन प्रसारण भइरहेको राष्ट्रियस्तरको एकल नृत्य प्रतियोगिता लेट
मि डान्स नेपाल रियालिटी शोको उत्कृष्ट १२ मा पुग्न सफल भएकी छिन् ।

सर्वाधिक भोटसहित उनी उत्कृष्ट १२ मा परेकी हुन् ।

सानैदेखि नृत्यमा रुचि राख्ने उनी झापा बिर्तामोडमा भएको अडिसन राउन्डबाट छानिएकी हुन्

उनी नेपालभरका हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट १२
मा पर्न सफल भएकी हुन् । झापा एपीएस डान्स स्टार र पूर्वाञ्चल एकल नृत्य डान्स स्टारको उपाधि जित्न सफल
उनी नेपालकै डान्स स्टार बन्न यो प्रतियोगितामा सहभागी भएको बताउँछिन् ।

बिर्तामोडको प्रोभिडेन्स कलेजकी विद्यार्थी रहेकी उनले युनिक कला केन्द्र चारआलीमा सुरुवाती
नृत्य प्रशिक्षण लिएको उनका बुबा लोकबहादुर माझीले बताए ।

प्रतिभाशाली नृत्याङ्गना माझीले भोट गरी आफूलाई विजयी बनाइदिन नृत्यप्रेमीहरुमा अपिल गरेकी छन्
। उनले भनिन्, ‘तपाईंको एक भोटले मेरो प्रतिभाले ठूलो मौका पाउन सक्नेछ ।’

यसअघि आफूलाई भोट गरी सर्वाधिक भोट दिलाएकोमा उनले सम्पूर्ण भोटकर्तालाई धन्यवाद दिएकी छन् ।
उनले भनिन्, ‘निरन्तर भोट गरी विजयी बनाउन सहयोग गर्नु हुन म सम्पूर्ण नृत्यप्रेमीलाई हार्दिक अनुरोध
गर्दछु ।’

उनलाई भोट गर्न LMD 11 type गरी 3001
मा Message सेन्ड गर्न सकिनेछ । साथै, अनलाइन मार्फत् पनि भोट गर्न सकिनेछ ।

सो रियालिटी शो हिमालय टेलिभिजनबाट शनिबार राति ८ः०५ बजे र आइतबार बिहान ११ बजे प्रसारण
हुँदै आएको छ ।

अनलाइनमार्फत भोट गरी उनलाई जिताउन
यहाँ क्लिक गर्नु होस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…