२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटका ९० जना जेष्ठ नागरिकलाई चिसो छल्न न्यानो कपडा वितरण गरिने

२०७७, २६ माघ सोमबार ०६:१०

शंकर के सी । माघ २६, सल्यान । सल्यान कपुरकोटका जेष्ठ नागरिकहरुलाई चिसो छल्न न्यानो कपडा वितरण कार्यक्रम शुरु भएको छ । आइतबार वडा नम्बर १ र २ का १८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा ओढ्नका लागि ब्लांकेट वितरण गरिएको हो । 
यस वर्ष गाउँपालिकाका ६ वटै वडामा ७० वर्ष माथीका ९० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताए । उनले नागरिकको जनजीवन आफुहरुको पहिलो प्राथमिकता भएको जनाउदै जेष्ठ नागरिकहरुलाई गाउँपालिकाले हरेक वर्ष सम्मानको कार्यक्रम पनि गर्दै आएको बताए ।
वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढाले जिउँदो इतिहासका रुपमा रहेका जेष्ठ नागरिकहरुलाई स्थानीय सरकार रहेको अनुभूति दिलाउनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।
गाउँपालिकाले गाउँमै घरमै न्यानो कपडा कम्बल दिएकोमा जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन् । गाउँपालिकाको वडा नम्बर १ र २ बाट न्यानो कपडा वितरण सुरुवात गरेको हो । महिला विकास शाखा प्रमुख लक्ष्मी महताराको स्वागत मन्तव्यबाट शुरु भएको न्यानो कपडा वितरण कार्यक्रममा वडा नं १ का वडा सदस्य झुपसिंह राना, कृषक मुल समिति कपुरकोटका अध्यक्ष इश्वर बुढा, कृषि उपज बजार केन्द्र कपुरकोटका कोषाध्यक्ष सन्तसिंह घर्ती, पञ्जीकरण इकाइका फिल्ड सहायक गेहेन्द्र केसी, समाजसेवीहरु नवराज बुढा, हरि बहादुर घर्ती लगाएतको सहभागीता थियो । कार्यक्रमको सहजिकरण शंकर केसीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै