2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

गोठमा आगो ताप्ने क्रममा खरको छाना जलेर दुई बालकको अवस्था गम्भीर

दान बहादुर बुढा । माघ ३०, मुगु । हिमाली जिल्ला मुगुमा बुधवार आगलागि हुँदा दुई बालवालिका जलेर घाईते भएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका वडा नं २ नाथर्पुका वुवा देविलाल बुढाका छोरा वर्ष ५ का छार्पे बुढा र सोही वडाकै बावु हरी शाहीका छोरा वर्ष ५ का दिल शाही जलेर शक्त घाईते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार २ नंम्वर वडाकै लोकेन्द्र बुढाको ढुंगा माटोले निर्माण गरेको खरको छानाको गोठबाट आगलागि भएको बताईएको छ । गोठमा आगो बालि ताप्ने क्रममा एक्कासि गोठमा आगो सल्किएर पुर्ण रुपमा गोठ जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए । 

सोही स्थानमादुई बालवालिकाका हात,खुट्टा जलि घाईते भएको उनले बताए। आगलागिबाट अन्दाजि २५ हजार जति क्षेतिभएको छ । 

घाईते बालकलाई काठमाण्डौ रिफर 

आगलागिमा घाईते भएका दुई बालवालिकालाई शुक्रवार काठमाण्डौ रिफर गरिएको छ । जिल्ला अस्पताल मुगुमा उपचारको सम्भव नभएपछि आज थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ । घाईते बालवालिकाको हात खुट्टा अन्य शरिरको भाग जलेका छन् ।

जिल्ला अस्पताल मुगुबाट रिफर भएपछि ‘उपचार खर्च छैन, काठमाडौ लगेर आगलागी भएको छोराको उपचार कसरी गर्ने, जान आउर्ने खर्च पनि छैन । उपचार परै छ ।’ घाईते छार्पे बुढाका बुवा देविलाल बुढा दुखेसो पोखे  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो