२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकपटक फेरि मोर्चा कसेर अघि बढौँ : अध्यक्ष दाहाल

२०७७, १ फाल्गुन शनिबार १६:१०

फागुन १, काठमाडौँ (रासस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।

जनता समाजवादी पार्टी(जसपा) सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको ‘गुमनाम आमाहरूको कथा’ कृति आज यहाँ लोकार्पण गर्दै उहाँले मुलुुक र जनताका लागि गम्भीरतापूर्वक आफ्नो दायित्व पूरा गर्न मोर्चा बनाउन आवश्यक रहेको जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “संविधानले समावेशी लोकतन्त्रिक, सङ्घीय गणतन्त्र, समानुपातिक प्रतिनिधित्व र मौलिक हकसम्बन्धी विषयमा जग बसालेको थियो, सङ्घीयता र परिवर्तनको उपलब्धि एवं संविधानको मूल मर्ममाथि अहिले हमला भएको छ, पछिल्लो परिस्थितिले विचार र भावनाको नयाँ आधार सिर्जना भएको छ, यसबाट आउने परिणाम सकारात्मक हुनेछ ।”

राष्ट्रिय आत्मविश्वासको सङ्कट : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको पछिल्लो परिस्थितिले अगाडि बढ्ने मार्ग अझै स्पष्ट नभएका कारण मुलुकमा राष्ट्रिय आत्मविश्वासको सङ्कट देखापरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानसभामा कुन शासन प्रणाली र व्यवस्थामा किन जाने भनी लामो छलफल र सम्झौताबाट जारी भएको संविधानले दिँदै नदिएको अधिकार प्रयोग गर्न खोज्दा जनताको मतमा विश्वासमा घात भएको छ, यसले राजनीतिप्रति जनतामा वितृष्णा पैदा भयो ।”

जनयुद्धबारे साझा बुझाइको माग

लेखक एवं पूर्वप्रधानमन्त्री डा भट्टराईले मुलुकको राजनीतिक परिवर्तनको मूल कडीका रुपमा रहेको ‘जनयुद्ध’बारे राजनीतिक दलसहित समाजका सबै तह र तप्काबीच समान बुझाइ हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनयुद्धको इतिहास लेख्न जरुरी छ, द्वन्द्वका समयमा कतिपय बेला आन्दोलन सञ्चालनमा ढङ्ग नपुगेको तथा पार्टीका निर्देशन पालना नहुँदा केही कमजोरी भए होलान, तर अहिले परिवर्तनको मूल जग जनयुद्ध अलपत्र परेको छ, इतिहासलाई नकार्ने र रक्षा गर्न नसक्ने हो भने इतिहास बिर्सनेले वर्तमान र भविष्यमा बनाउन सक्दैन ।”

पत्रकार राजु क्षेत्री र विश्वदीप पाण्डेको सम्पादनमा प्रकाशित उक्त पुस्तक डा भट्टराईका अनुभूति असम्पादित गैर आख्यानकारूपमा छ । जनता समाजवादी पार्टीका नेता अशोककुमार राईले शासन व्यवस्था परिवर्तनका लागि भएको माओवादी जनयुद्धलाई वन र बन्दुक मात्र होइन, वैचारिक, सिद्धान्त, दर्शन र घोषणाका दृष्टिले विशिष्ट रहेकाले सोही ढङ्गबाट बुझ्न र हेर्न आवश्यक रहेको तर्क गर्नुभयो ।

अधिकारकर्मी डा मीना पौडेलले जटिल सामाजिक संरचना र सांस्कृतिक मूल्यमान्यताका नाममा लादिएका गलत सोचलाई छर्लङ्ग उजागर गर्न डा भट्टराई सफल हुनुभएको धारणा राख्नुभयो । पुस्तकका समीक्षक तुलनारायण साहले चार खण्डमा विभाजित गुमनाम आमाहरूको कथा शोषणयुक्त गोर्खाको एउटा गाउँमा जन्मिएको युवकले विदेशमा परिचय बदल्ने दृढता र राजनीतिभित्रको विकृतिलाई शुन्य सहनशीलताका आधारमा विषयवस्तु समानपूर्वक प्रस्तुत गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०३८ देखि २०७५ सालसम्मका विषवस्तु समेटिएको यो कृति युद्ध साहित्यको महत्वपूर्ण दस्तावेजका रुपमा रहनेछ, पुस्तकको विषयवस्तुसँग शीर्षक मेल खाँदैन, मधेशलाई स्रष्टाले फेरि पनि छुन सक्नुभएन ।”

राजनीतिज्ञ दीपक वाग्लेले दशवर्षे द्वन्द्वमा मात्र होइन, राजनीतिक परिवर्तनका लागि भएको अघिल्ला आन्दोलन, आन्दोलन र बलिदान किन भए, त्यसबाट के स्थापित भयो भन्नेबारे पुस्तकमा विस्तृतरूपमा समेटिएको बताउनुभयो । फरक राजनीति, बौद्धिक र सिद्धान्तका साथ अघि बढिरहनुभएका डा भट्टराईको उक्त कृतिको प्रकाशन फाइन प्रिन्ट प्रालीले गरेको हो । पुस्तकमा भूमिगत जीवनका केही अनुभूतिदेखि गणेशमानजीको लोटा र घडा, नागरिक आन्दोलनकारी मित्रलाई पत्र, जनयुद्धका ज्यूँदा शहीदको अमरकथा, अमेरिका : पाताल न स्वर्गलगायत शीर्षकमा विषयवस्तु समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल