२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भागरथी हत्याकाण्ड : ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि ?’

२०७७, ४ फाल्गुन मंगलवार ०३:१०

फागुन ४, बैतडी । बैतडी दोगडाकेदार गाउँपालिका—७ बगौराका भानदेव भट्ट यसैपालि भागरथी पढ्ने विद्यालयमा कक्षा ११ मा भर्ना भएका हुन्। उनको घरबाट १५ मिनेट जति हिँडेपछि भागरथीकै घर हुँदै उनी विद्यालय पुग्छन्।

त्यस दिन विद्यालयको पोसाक नलगाएका उनलाई शिक्षकले आउट ड्रेसमा आउन पाइँदैन भने। कपाल पनि लामो भएको छ काटेर आउनू भने। ड्रेस पनि सिलाउनू भनेपछि उनी टिफिन टाइम सकिनेबित्तिकै विद्यालयबाट निस्के। भागरथी कक्षा १२ मा व्यवस्थापन संकायकी विद्यार्थी थिइन्। उनको टिफिन टाइममा पनि पढाइ हुन्थ्यो र त्यसपछि बिदा हुन्थ्यो।

भानदेव विद्यालयबाट निस्केपछि खोचलेक बजारमा रहेको सैलुनमा छिरे। सैलुन विद्यालयबाट पाँच मिनेटको पैदल दूरीमा पर्छ। उनीसँगै जाडिकोटका तर्कराज भट्ट र पौडाका लीलाधर भट्ट पनि सैलुनमा पुगे।

त्यतिबेला भागरथी र यी तीनै जनाको खोचलेकमा भेट भयो। ‘भागरथीले कतिबेला जाने हो ? भनेर सोधी। हामीले कपाल काटेर आउँछौं भन्यौं। उसले ल त्यसो भए तिमीहरू आउँदै गर्नु, म जान्छु भनी र ऊ हिँडी’, भानदेवले स्मरण गरे।

भानदेवलाई त्यसै दिनको पछुतो छ। ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि ?’, उनले भने। यी सबैको घर आउने बाटो भनेको भागरथीको हत्या भएको स्थान लवलेक वन हो। लवलेक वन क्षेत्र सकिनेबित्तिकै फरकफरक गाउँ जाने बाटो आउँछन्। तर भानदेव भने भागरथीको घर हुँदै आफ्नो घर जानुपथ्र्यो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिवराज भट्टले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ