2026-09-08 10:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोट र त्रिवेणीमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइने

फागुन ४, सल्ल्यान । सल्यानको कपुरकोट र त्रिवेणी गाउँपालिकामा बुधबार (भोली) कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । दोश्रो चरणमा प्राथमिकतामा परेका लक्षित समुहलाई कोभिड १९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको दुबै गाउँपालिकाले जनाएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यान संगको समन्वय तथा सहयोगमा खोप लगाइने छ । 

कपुरकोट गाउँपालिकाले मंगलबार एक सुचना जारी गर्दै गाउँपालिकाका सबै जनप्रतिनिधीहरु, गाउँपालिकाका अन्तर्गतकौ कर्मचारी, यस अघि छुटेका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेवीकाहरु, नेपाल प्रहरी, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु, पत्रकार तथा संचारकर्मीहरु र प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारीहरुलाई गाउँ कार्यपालिकाको कार्यालयमा आएर खोप लगाउन अनुरोध गरेको छ । 

दोश्रो चरणमा प्राथमिकतामा परेका लक्षित समूहका ब्यक्तिहरुलाई खोप लगाउने अभियान अन्तर्गत बुधबार कपुरकोटमा पनि खोप लगाउने कार्यक्रम राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जनाए । उनका अनुसार औषधि, खोप र खानाको गम्भीर एलर्जी भएका, गर्भवती महिला, ६ महिना सम्म स्तनपान गराइरहेका सुत्केरी महिला, २ महिना भित्रका कोभिड १९ संक्रमीत, रगत नजम्ने समस्या भएका र हाल उच्च ज्वरो आएका ब्यक्तिहरुले खोप हुंदैन । 

बुधबार विहान १०ः३० बजेदेखी लक्षित समुहलाइ कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम भएको हुँदा आ–आफ्नो कार्यालय तथा संस्थाबाट जारी भएको परिचयपत्र वा आधिकारीक पत्रसहित गाउँ कार्यपालिकाको कार्यालयमा उपस्थित भइ खोप लगाउन गाउँपालिकाले अनुरोध गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित