१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० लाख डोज कोरोना बिरुद्धको खोप आज नेपाल आइपुग्ने

९ फाल्गुन २०७७, आईतवार ०६:२७

फागुन ९, काठमाडौँ । आइतबार सरकारले खरिद गरेको कोरोना भाइरस बिरुद्धको खोप नेपाल आइपुग्ने भएको छ । भारतको सेरम इन्ष्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिशिल्डको १० लाख डोज खोप नेपाल आउने भएको हो ।

एयर ईन्डिया दिल्ली-काठमाडौँको उडान मार्फत दिउँसो १:३० बजे प्राप्त हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले कोभिसिल्ड खोपको २० लाख डोज खरीदको लागी ५ गते भारतसँग सम्झौता गरेको थियो ।

उक्त सम्झौता अनुसार पहिलो चरणमा दशलाख डोज कोभिशिल्ड खोप नेपाल ल्याइने भएको हो । खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरिने छ । मन्त्रलयका अनुसार उक्त खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरि फागुन २३ गते देखि संचालनहुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र मार्फत जिल्ला स्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोपकेन्द्रहरुमा वितरण गरिनेछ । 

बाँकी १० लाख डोज खोप कम्पनीसँगको सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ती तालिका अनुसार चाडै प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन