८० प्रतिशत निजी आवास पुनःनिर्माण

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

फागुन २८, मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो ।

नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये पाँच हजार १०९ परिवारले तेस्रो किस्ताबापतको अनुदान रकम बुझिसकेका    नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिनुभयो  । नगरपालिकामा भूकम्पबाट सात हजार ९८ परिवारको निजी आवास पूर्ण क्षतिको सूचीमा परेको थियो । तीमध्ये ६ हजार ५७१ ले पुनःनिर्माणका लागि सम्झौता गरेका थिए । १२ वटा वडा रहेको नगरपालिकामा वडा नं ८ मा सबैभन्दा बढी निजी आवास पुनःनिर्माण भएको नगरपालिकाका प्रमुख  विष्टले जानकारी दिनुभयो  । सो वडामा ९२ प्रतिशत निजी आवास पुनःनिर्माण सकिएको छ ।

त्यसैगरी सबैभन्दा कम मात्रामा निजी आवास पुनःनिर्माणको काम वडा नं ४ मा भएको छ । सो वडामा ५७ प्रतिशतमात्र निजी आवासको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।

नगरपालिकामा पूर्ण क्षतिको लाभग्राही सूचीमा परेकामध्ये हालसम्म ५२७ भूकम्पपीडितले अनुदान सम्झौता नै गरेका छैनन् । उनीहरुका लागि सम्झौता अवधि समाप्त भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरले जनाएको छ ।

रु आठ करोड दूध उत्पादनमा अनुदान

बितेको तीन वर्षमा वाग्मती प्रदेश सरकारले करीब रु आठ करोडभन्दा बढी रकम किसानलाई अनुदानका रुपमा उपलब्ध गराएको छ ।  वाग्मती प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका २४७ वटा दुग्ध उत्पादक सहकारीमार्फत कृषककै खातामा जाने गरी रु आठ करोड ८८ लाख दूध उत्पादनमा अनुदान वितरण गरिएको हो ।

यस प्रदेशमा ३७ वटा चिलिङ सेन्टर स्थापना भएको छ । चिलिङ सेन्टर स्थापनाबाट दैनिक ७२ हजार लिटर दूध चिस्यान भई दूधको गुणस्तरमा वृद्धि भएको तथा उपभोक्तासमक्ष स्वास्थ्यकर दूध उपलब्ध भएको मन्त्रालयले जनाएको छ ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply