१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालपोत कार्यालयमा बम बिष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो

१ चैत्र २०७७, आईतवार ११:२७

चैत १, सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ । भ्रष्टाचार बिरोधि अभियान अन्तर्गत कारबाही स्वरूप उक्त मालपोत कार्यालयमा बम बिष्फोट गराएको समितिका अध्यक्ष जयकृष्ण गोइत द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

भ्रष्टाचार जारी रहे यो भन्दा उच्च स्तरको कारबाही गरिने र त्यसको जिम्मेवार नेपाल सरकारले लिनुपर्ने चेतावनी दिएको छ । 'यसरी भ्रष्टाचार,अपराध जारी नै रहेभने यस भन्दा पनि उच्च स्तरको कारबाही हुने छ,यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मवार नेपाल सरकार नै हुनेछ' विज्ञप्तिमा भनिएको छ ।

सो समूहले आइतबार लहानस्थित मालपोत कार्यालयमा अपराह्न बम विस्फोट गराएको थियो । बिष्फोटमा परी एक कर्मचारीसहित आठ जना घाइते भएका छन् ।  घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हँुदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र  लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते भरका थिए  ।  

बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक,  भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए । 

विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल