2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

साथी भाईबाटै हेपिईन प्रधानमन्त्रीकि छोरी : लामा

दान बहादुर बुढा । चैत २, मुगु । मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउपालिका वडा नं ८ मा रहेकी प्रधामन्त्री केपि शर्मा ओलिले अभिभाकत्व गरेकि छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथी भाई बाट हेपिन पुगेकि छन् ।

कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलिले रारा तालको किनारमा पुगि लामालाई अभिभावकत्व ग्रहण गरेका ओलिले अहिले २ वर्ष बितिसक्दा पनि पढाई खर्च लगायत गाँस,बास,कपास सहजै रुपमा सहयोग नगर्दा पछिल्लो समय लामालाई प्रधामन्त्रीकि छोरी भनेर मात्र आफन्तबाट हेपिन पुगेकि हुन । 

लामा अहिले बुद्ध माद्यमिक विद्यालयको कक्षा ४ मा अध्यायनरत छन् । उनको तिखो दिमाक भएता पनि पठनपाठनमा आवश्यकता पर्ने स्टेशनरीका सामान कापि , कलम , डे«स , नुहदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जानकारी दिएको छ ।  

घरमा बन्दोबस्त गर्ने घरपरिवार नहुनु र उनका बुवाको पनि निधन भएको हुदा यसै समस्या लाई मनन गर्दे प्रधानमन्त्री ओलिले अभिावकत्व ग्रहण गरेका हुन । अहिले घरमा विहान बेलुका के खाऔ के खाऔ , के लाऔ. र के राखौं भन्ने चिन्ताले मात्र सताउने गरेको परिवारको गुनासो गरेका छन् । 

परिवारका अनुसार हाम्री छोरीलाई प्रधामन्त्रीले आफ्नी छोरी सरि मानि ग्रहण गरेका थिए र छोरी लामालाई उहालेनै सम्पुर्ण जिम्मेवारी लिए पनि पठनपाठन लगायत अन्य स्रोतमा सहयोग नभएको उनीहरुको भनाई रहेको छ । 

प्रधानमन्त्रीले अभिावकत्व गरेको करिब ३ वर्ष पुग्दा समेत हाल सम्म २ पटक मात्र १०- १० हजार नगद र एक पटक लत्ता कपडा मात्र सहयोग गरेको आमा छिचु लामाले बताइन । छोरी लामालाई विद्यालयमा पठनपाठन गराउन खोज्दा विद्यालयमा रहेका साथी भाई , गाउ घरका आफन्तहरुले पनि लामा लाई प्रधानमन्त्रीकि छोरी,प्रधानमन्त्रीकि छोरी,भनेर मात्र जिस्काउने गरेको र यस्तो अवस्था सहन नसकेर नातिले आज भोलि विद्यालय जान बिस्तारै हटाउन छोडेको लामाका बाजे छिरिङ क्यामा लामाले बताएका छन् । 

सोही रारा पर्यटन वर्षमा  प्रधाामन्त्रीकि धर्मपत्नि राधिका शाक्यले पनि एउटी अर्की  छोरी छिरिङ छेन्जोङ्ग लामा लाई ग्रहण गरिन । उनको अवस्थामा पनि अहिले उस्तै रहेको छ । प्रधानमन्त्रीकि छोरी लामा र राधिका शाक्यले गरेकि छोरीको सहयोग भने एउटै पोखरीमा पानि खन्या जस्तै छ । यस्तै पुर्व शिक्षा मन्त्री गिरिराज मणि पोखरले अभिभावकत्व गरेका छोरी र अन्य मन्त्री सांसदहरुले गरेको अभिभावकत्व पनि वारी र पारी बिचमा पुल रहे जस्तै भएको छ । 

यता वुद्ध माद्यमिक विद्यालय माग्री गाउँका प्रधानध्यापक टिका प्रशाद उपाध्याका अनुसार लामाका अभिावकसँग बुझ्दा पहिला दुई पटक मात्र सहयोग गरेको बुझियो र पछिल्लो समय कुनै पनि निकाय वा प्रधानमन्त्री बाट सहयोग नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो